पुस २८, २०८२ मंगलबार | ११:२५:५६
युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो युभेन्ट्सको पाँच गोल रोनाल्डोको अल नासर पराजित लगातार खराब प्रदर्शनपछि रियालले हटायो प्रशिक्षक सुखद सुरुआतको लक्ष्यमा नेपाल, श्रींलकासँग खेल्दै पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो

काठमाडौं कर्पोरेट ब्याड्मिन्टन : व्यावसायिक प्रतिष्ठानलाई खेलाडी बाडफाँट

काठमाडौं । ब्याड्मिन्टनलाई व्यावसायिक बनाउने प्रयासस्वरुप गरिन लागेको काठमाडौं कर्पोरेट टिम च्याम्पियनसिपका लागि आठ व्यावसायिक प्रतिष्ठानले खेलाडी अनुबन्ध गरेको छ ।

आयोजक काठमाडौं ब्याड्मिन्टन एकेडेमीले गरेको एक कार्यक्रममार्फत शीर्ष आठ वरियताका पुरुष तथा महिला खेलाडीलाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग आबद्ध गराइएको हो । प्रतियोगितामा सहभागिता जनाउन नपाएका शीर्ष आठभित्रका खेलाडीको सट्टा उनीहरुभन्दा पछिल्लो वरियताका खेलाडीलाई समावेश गरिएको छ ।

खेलाडी र सम्बन्धित व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले रोजेको चिट्ठा कार्डअनुसार टिम विभाजन गरिएको थियो । जसअनुसार नेपाल राष्ट्र बैंकमा दीपेश धामी र अमिता गिरी पर्दा नेपाल टेलिकममा रत्नजीत तामाङ र सीमा राजवंशी अनुबन्धित भए ।

यसैगरी कान्तिपुर ग्रुपमा साजनकृष्ण ताम्राकार र सम्झना शर्मा, नेपाल आयल निगमको टिममा विष्णु कटुवाल र रशिला महर्जन, कुमारी बैंकको टिममा सुनैना मुखिया र सुदीप सेढाई, नेपाल विद्युत प्राधिकरणमा दीपक बोहरा र शोभा गौचन, सिल्क ग्रुपमा विकास श्रेष्ठ र अनुमाया राई तथा आइएमई समूहमा नङसल तामाङ र नवीन श्रेष्ठ अनुबन्ध भए ।

सरकार र व्यावसायिक प्रतिष्ठानहरुको रोजाईमा पछि पर्दै आएको ब्याड्मिन्टन खेललाई व्यावसायिक बनाउने प्रयासस्वरुप काठमाडौं ब्याड्मिन्टन एकेडेमीले अर्को महिना गर्न लागेको प्रतियोगितामा नेपालका शीर्ष आठ वरियताप्राप्त पुरुष र महिला खेलाडीलाई सहभागी गराइन लागेको हो ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा दर्ता हुने वित्तिकै वरियताप्राप्त सबै १६ खेलाडीले जनही २० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलबापत थप दुई हजार पाँच सय रुपैयाँ पनि खेलाडीलाई प्रदान गरिनेछ । समूह चरणबाटै बाहिरिए पनि वरियताप्राप्त सबै खेलाडीले प्रतियोगिता खेलेबापत कम्तिमा ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार रुपैयाँ, उपविजेता टिमका खेलाडीले ६० हजार रुपैयाँ, तेस्रो हुने टिमका खेलाडीले  ५५ हजार रुपैयाँ र चौथो हुनेले ४७ हजार पाँच सय रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, कर्पोरेट युगल, पुरुष युगल, महिला युगल गरी पाँच स्पर्धामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

कुन टिममा को ?

नेपाल राष्ट्र बैंक- दीपेश धामी (दोस्रो वरियता), अमिता गिरी (दोस्रो वरियता)
नेपाल टेलिकम- रत्नजीत तामाङ (शीर्ष वरियता), सीमा राजवंशी (नवौं वरियता)
सिल्क ग्रुप- विकास श्रेष्ठ (तेस्रो वरियता), अनुमाया राई (तेस्रो वरियता)
कान्तिपुर ग्रुप- साजनकृष्ण ताम्राकार (चौथो वरियता), सम्झना शर्मा (दशौं वरियता)
नेपाल आयल निगम- विष्णु कटुवाल (पाँचौं वरियता), रसिला महर्जन (चौथो वरियता)
कुमारी बैंक- सुदीप सेढाईं (छैटौं वरियता), सुनैना मुखिया (सातौं वरियता)
नेपाल विधुत प्राधिकरण- दीपक बोहरा (सातौं वरियता), शोभा गौचन (छैटौं वरियता)
आइएमई ग्रुप- नवीन श्रेष्ठ (आठौं वरियता), नङसलदेवी तामाङ (शीर्ष वरियता)
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||