चैत्र ५, २०८२ बिहीबार | १०:५९:३४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

काठमाडौं कर्पोरेट ब्याड्मिन्टन : व्यावसायिक प्रतिष्ठानलाई खेलाडी बाडफाँट

काठमाडौं । ब्याड्मिन्टनलाई व्यावसायिक बनाउने प्रयासस्वरुप गरिन लागेको काठमाडौं कर्पोरेट टिम च्याम्पियनसिपका लागि आठ व्यावसायिक प्रतिष्ठानले खेलाडी अनुबन्ध गरेको छ ।

आयोजक काठमाडौं ब्याड्मिन्टन एकेडेमीले गरेको एक कार्यक्रममार्फत शीर्ष आठ वरियताका पुरुष तथा महिला खेलाडीलाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग आबद्ध गराइएको हो । प्रतियोगितामा सहभागिता जनाउन नपाएका शीर्ष आठभित्रका खेलाडीको सट्टा उनीहरुभन्दा पछिल्लो वरियताका खेलाडीलाई समावेश गरिएको छ ।

खेलाडी र सम्बन्धित व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले रोजेको चिट्ठा कार्डअनुसार टिम विभाजन गरिएको थियो । जसअनुसार नेपाल राष्ट्र बैंकमा दीपेश धामी र अमिता गिरी पर्दा नेपाल टेलिकममा रत्नजीत तामाङ र सीमा राजवंशी अनुबन्धित भए ।

यसैगरी कान्तिपुर ग्रुपमा साजनकृष्ण ताम्राकार र सम्झना शर्मा, नेपाल आयल निगमको टिममा विष्णु कटुवाल र रशिला महर्जन, कुमारी बैंकको टिममा सुनैना मुखिया र सुदीप सेढाई, नेपाल विद्युत प्राधिकरणमा दीपक बोहरा र शोभा गौचन, सिल्क ग्रुपमा विकास श्रेष्ठ र अनुमाया राई तथा आइएमई समूहमा नङसल तामाङ र नवीन श्रेष्ठ अनुबन्ध भए ।

सरकार र व्यावसायिक प्रतिष्ठानहरुको रोजाईमा पछि पर्दै आएको ब्याड्मिन्टन खेललाई व्यावसायिक बनाउने प्रयासस्वरुप काठमाडौं ब्याड्मिन्टन एकेडेमीले अर्को महिना गर्न लागेको प्रतियोगितामा नेपालका शीर्ष आठ वरियताप्राप्त पुरुष र महिला खेलाडीलाई सहभागी गराइन लागेको हो ।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा दर्ता हुने वित्तिकै वरियताप्राप्त सबै १६ खेलाडीले जनही २० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलबापत थप दुई हजार पाँच सय रुपैयाँ पनि खेलाडीलाई प्रदान गरिनेछ । समूह चरणबाटै बाहिरिए पनि वरियताप्राप्त सबै खेलाडीले प्रतियोगिता खेलेबापत कम्तिमा ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजेता टिमका वरियता प्राप्त खेलाडीले ७५ हजार रुपैयाँ, उपविजेता टिमका खेलाडीले ६० हजार रुपैयाँ, तेस्रो हुने टिमका खेलाडीले  ५५ हजार रुपैयाँ र चौथो हुनेले ४७ हजार पाँच सय रुपैया प्राप्त गर्नेछन् ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, कर्पोरेट युगल, पुरुष युगल, महिला युगल गरी पाँच स्पर्धामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

कुन टिममा को ?

नेपाल राष्ट्र बैंक- दीपेश धामी (दोस्रो वरियता), अमिता गिरी (दोस्रो वरियता)
नेपाल टेलिकम- रत्नजीत तामाङ (शीर्ष वरियता), सीमा राजवंशी (नवौं वरियता)
सिल्क ग्रुप- विकास श्रेष्ठ (तेस्रो वरियता), अनुमाया राई (तेस्रो वरियता)
कान्तिपुर ग्रुप- साजनकृष्ण ताम्राकार (चौथो वरियता), सम्झना शर्मा (दशौं वरियता)
नेपाल आयल निगम- विष्णु कटुवाल (पाँचौं वरियता), रसिला महर्जन (चौथो वरियता)
कुमारी बैंक- सुदीप सेढाईं (छैटौं वरियता), सुनैना मुखिया (सातौं वरियता)
नेपाल विधुत प्राधिकरण- दीपक बोहरा (सातौं वरियता), शोभा गौचन (छैटौं वरियता)
आइएमई ग्रुप- नवीन श्रेष्ठ (आठौं वरियता), नङसलदेवी तामाङ (शीर्ष वरियता)
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं