चैत्र १३, २०८२ शुक्रबार | ०२:३७:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

श्रमिक कप ब्याडमिन्टनः उमेश र सोमालाई स्वर्ण

सांकेतिक तस्बिर

त्रिपुरेश्वर ।  उमेश धिताल र सोमा गुरुङले जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिताको खुला एकलमामा शनिबार स्वर्ण जितेका छन् । उमेश पुरुष तथा सोमा महिलातर्फ च्याम्यिन बनेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशद्धारा आयोजित प्रतियोगिताको पुरुषमा टक्कर कुँवर दोश्रो तथा दिनेश केसी र रेवती कार्की तेश्रो भए । महिलामा पूजा राई दोश्रो तथा भावना राई र शर्मिला केसी तेश्रो बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान पुरुष ४५ वर्षमाथि एकलमामा रामसिंह तामाङले स्वर्ण, लेखनाथ पराजुलीले रजत तथा प्रजापति दाहाल र रामविनय श्रेष्ठले कांस्य पदक जिते ।

पुरुष युगलमा उमेश धिताल/दिनेश केसीको जोडी, शोभाकर भण्डारी/चन्द्रबहादुर पाण्डेको जोडी तथा टक्कर कुँवर/बसन्त थापा र राजेश तुम्सिङ मगर/श्याम थापाको जोडी शीर्ष तीनमा रहे । 

मिक्स डबल्समा उमेश धिताल/शर्मिला केसीको जोडी पहिलो, दिनेश केसी/पूजा राईको जोडी दोश्रो तथा केवल बानियाँ/सोमा गुरुङ र दीपबहादुर सिंह/रेखा अधिकारीको जोडी तेश्रो स्थानमा रहे । 

सबै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ८ हजार र ४ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय अध्यक्ष योगेन्द्र कुँवर, आयोजक नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराईलगायतले पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा ७६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो