चैत्र ९, २०८२ सोमबार | ०८:४८:४२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताः एपिएफका प्रिन्स र सुजन अन्तिम १६ मा

सुजन थापा

काठमाडौं । नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन बुधबार प्रिन्सले जोहेर उद्धिनलाई २१-७, २१-६ ले पराजित गरे ।  यसैगरी सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१-१७, २१-१३ ले स्तब्ध बनाए ।

अन्तिम १६ को यात्रा तय गर्ने क्रममा  नेपाल पुलिसका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१-१९, २१-१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस हवका विशाल तामाङलाई १७-२१, २१-११, २१-१५, पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१-१९, २२-२०, आर्मी क्लबका कविर केसीले सरफराज उद्धिनलाई २१-२, २१-४, एपिएफका देवराज रानाले सागर लामालाई २१-५, २१-४ ले पुलिस क्लबका अभिक श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१-७, २१-१६ स्तब्ध बनाउँदा  एपिएफका अनिल मल्लले एपिएफकै अरुण अधिकारीबाट वाक ओभर प्राप्त गरे  । 

दीपक बोहरा

यसैगरी आयोजक स्पोर्टस हवको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा  पुलिसका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७-२१, २१-१२, २१-१९, एपिएफका भोज बहादुर गुरुङ्गले मोइन उद्धिनलाई २१-१०, २१-९, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१-९, २१-६, नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१-११, १५-२१, २१-१७, एपिएफका विजित थापा मगरले पुलिस क्लबका पुर्ण थापालाई २१-१९, १९–२१, २१–११, स्पोर्टस् हवका सुनिल कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१-१२, २१-७ र पुलिसका विष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१-१४, २१-४ ले हराएर अन्तिम १६ मा स्थान बनाए ।  

भेट्रान ३५ बर्ष माथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेशकुमार राईको जोडी, चन्द्रगिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडी, राम आले र अमर डङ्गोलको जोडी, कुमार लामा र दत्त थापाको जोडी र आयोजक स्पोर्टस् हवका लाक्पा तेन्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

यस्तै ४५ बर्ष माथि युगलतर्फ विपिन शाह र पुर्ण श्रेष्ठको जोडी, तिलक छन्त्याल र हिरा रोकाको जोडी, निरज लामा र एलपी महर्जनको जोडी तथा पिस फिटनेश सेन्टरका केशव न्यौपाने र नरेन्द्र न्यौपानेको जोडी पनि अन्तिम १६ मा प्रवेश गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाला घिसिङ

ब्याडमिन्टन संघको मान्यता प्राप्त वरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्षमाथी र ४५ वर्षमाथी गरी ६ विधामा प्रतिस्पर्धा भइरहेको आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिव २५ लाख लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः ४५ हजार, २५ हजार र १० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस हवका संचालक अश्मेल (अखिल) शाहीले जानकारी गराए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो