चैत्र १७, २०८२ मंगलबार | २३:२६:३८
अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै

मेयर कप राष्ट्रिय ब्याडमिन्टनः प्रफुल र प्रिन्स प्रिक्वार्टरफाइनलमा

पाटन । नेपाली सेनाका प्रफुल महर्जन र एपिएफका प्रिन्स दाहाल दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पुरुष एकलान तेश्रो प्रधानमन्त्री कपका विजेता प्रफुलले पुलिसका अभिक श्रेष्ठलाई २१-५, २१-१० ले पराजित गरे । प्रिन्सले कैलालीका शिशिर रानालाई २१-९, २१-६ को सोझो सेटमा हराए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगितामा पुलिसका विष्णु कटुवाल पनि प्रिक्वार्टरफाइनलमा प्रवेश गर्न सफल भए । कटुवालले स्याङ्गजाका २१-१२, २१-६ ले पराजित गरेका हुन् ।

यस्तै प्रिक्वार्टरफाइनल प्रवेश गर्ने क्रममा एपिएफका क्षितिज खनालले देवीनगर क्लबका बबिश थापालाई २१-११, २१-६, सेनाका अभय महर्जनले एपिएफका प्रदीप सोतीलाई २१-१८, २१-१९, एपिएफका अमन महर्जनले चितवनका अलिष महर्जनलाई १९-२१, २१-६, २१-१२, एपिएफका देवराज रानाले सेनाका लक्ष्मण रानालाई २१-१७, २१-८, एपिएफकै अरुण अधिकारीले भक्तपुरका सुशन श्रेष्ठलाई २२-२०, २१-१८ ले पराजित गरे । यसैगरि एपिएफका सुजन थापाले दार्चुलाका कवी कुमार धामीबाट वाकओभर प्राप्त गरे ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा सेनाका सुविन श्रेष्ठ (बीं ले पुलिसका हिरा राईलाई २१-१८, २१-२३, २१-१६, एपिएफका रोशन साउदले सेनाका सन्तोष पनेरुलाई २१-१९, २१-१७ ले, एपिएफका भोजबहादुर गुरुङ्गले सेनाका पविन लिनथेपलाई २१-१५, १३-२१ र २१-१४, एपिएफका अनिल मल्लले २-१८, २१-१८ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले सेनाका सुविन श्रेष्ठ (ए) लाई २१-१४, १४-२१, २१-११ ले पराजित गर्दै प्रिक्वार्टरमा स्थान सुरक्षित गरे ।

बालकुमारी रिमिक्सको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष यु-१७ तर्फ सेनाका अभय महरा, पुलिस स्कुल काभ्रेका इशान गिरी, एपिएफका प्रदीप सोती, सेनाका सुप्रिम पन्थ, सुर्खेतका रमेश कामी, सेनाका सुविन श्रेष्ठ, नेपालगंजका राजेश बिक, सेनाका सुदेश राजकोटी, गुल्मीका जेनिस शेरचन, देविनगरका सक्षम ढकाल, सुर्खेतका हिमाल थापा मगर, सेनाका सुविन श्रेष्ठ (ए), सेनाका सौर्य महर्जन, एपिएफका अरुण अधिकारी, दीपक ब्याडमिन्टन एकेडेमीका दियोन भण्डारी र सेनाका कविर केसी पनि  जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो