चैत्र ७, २०८२ शनिबार | ०८:०५:१९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

दक्षिण एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिप शुक्रबारबाट

काठमाडौं । नेपाल ब्याडमिन्टन संघले पहिलो पटक ब्याडमिन्टन एसियाको आधिकारिक प्रतियोगिताका रुपमा दक्षिण एसिया क्षेत्रीय जुनियर च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

शुक्रबारबाट सशस्त्र प्रहरी बलको हल्चोकस्थित कभर्डहलमा हुने प्रतियोगितामा दक्षिण एसियाबाट भारतवाहेक ६ देशका टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा यू-१५ र यू-१७ गरि दुई उमेर समूहमा हुने स्पर्धामा छात्र एकल, छात्रा एकल, छात्र युगल, छात्रा युगल र मिक्स युगल तथा छात्र टिम र छात्रा टिम गरि १२ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आयोजक नेपाल सहित भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्स र पाकिस्तानका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक सहभागी देशबाट आठका दरले खेलाडीले उपाधिका लागि चुनौती प्रस्तुत गर्ने प्रतियोगितामा नेपालबाट भने १६ खेलाडीले भाग लिनेछन् । प्रतियोगितामा २६ पुरुष र २६ महिला गरि कुल ५२ खेलाडीको सहभागिता रहनेछ ।

सबै सहभागी देशबाट एक विधामा दुई खेलाडीले मात्र प्रतिस्पर्धा गर्ने पाउने नियम भए पनि आयोजकको नाताले नेपालबाट भने तीन खेलाडीले भाग लिन पाउने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी गराए ।

अध्यक्ष श्रेष्ठले १६ युवा खेलाडीले एकै पटक यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु नेपाली ब्याड्मिन्टनका लागि खुसीको विषय भएको बताए । ओलम्पिक छात्रवृत्तिका लागि समेत यही प्रतियोगिताबाट खेलाडी छनोट हुने भएकाले युवा खेलाडीले यहाँ आफूलाई प्रमाणित गर्ने मौका पाउने उनको विश्वास थियो ।

‘नेपाललाई माया गरेर यति ठूलो कार्यक्रम आयोजनाको अवसर दिएकोमा ब्याडमिन्टन एसियालाई धन्यवाद दिन चाहन्छु । हामी नेपालमा ब्याडमिन्टनको विकासमा इमान्दारीसाथ अहोरात्र खटिइरहेका छौं । ब्याडमिन्टन एसियाले त्यसैको कारण हामीलाई यति ठूलो प्रतियोगितासँगै चारवटा कार्यक्रम एकसाथ गर्नका लागि जिम्मेवारी दिएको छ,’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगिता दौरान ब्याडमिन्टन एसिया र नेपाल ब्याडमिन्टन संघको सहकार्यमा दक्षिण एसिया लिडर्स डेभलपमेन्ट मिटिङ, दक्षिण एसिया उमेन्स इन ब्याडमिन्टन वर्कसप, दक्षिण एसिया एसिया रिजनल अम्पायर कोर्स र दक्षिण एसिया जुनियर ट्रेनिङ क्याम्प पनि आयोजना हुनेछ ।

प्रतियोगिता तथा थप चार कार्यक्रमका लागि ब्याडमिन्टन एसियाबाट विकास व्यवस्थापक सामवेन्थन शिभपेरुमल, विकास व्यवस्थापक थानावालन अरिकृष्णन र कार्यक्रम व्यवस्थापक एजी यिन मुन नेपाल आइसकेका छन् । यसैगरी ब्याडमिन्टन एसियाको विकास समितिका संयोजक वाजिद अली चौधरी पनि नेपाल आउने क्रममा छन् ।

ब्याडमिन्टन एसियाका विकास व्यवस्थापक सामवेन्थनले प्रतियोगिता ओलम्पिक छात्रबृत्तीका लागि खेलाडी छनोटको आधार रहेकोले विशेष महत्वपूर्ण हुने बताए । उनका अनुसार ब्याड्मिन्टन एसियाले एसिया ओलम्पिक प्रोग्राम (एओपी) कार्यक्रमअन्तर्गत सहभागी सबै देशबाट एक महिला र एक पुरष खेलाडी छनोट गरि मलेसियामा हुने विशेष तालिममा सहभागी गराउने तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्नेछ ।

अर्का विकास व्यवस्थापक थानाबालनले एसियामा ब्याडमिन्टनको विकास र विस्तारका लागि आवश्यक छलफल र महिलालाई ब्याडमिन्टनमा आकर्षण गर्ने कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस भनेर यो कार्यक्रम सञ्चालन गरेको बताए ।

ब्याडमिन्टन एसियाले महादेशका अल्पविकसित राष्ट्रहरुलाई चार क्षेत्रमा विभाजन गरेर यस्तै प्रतियोगिता र कार्यक्रमहरु आयोजना गरिरहेको कार्यक्रम व्यवस्थापक एजीले जानकारी गराइन् । उनका अनुसार मध्य एसियाको प्रतियोगिता तथा कार्यक्रम किर्गिस्तानमा भइसकेको छ । यसैगरी दक्षिण पूर्वी एसियाको कम्बोडिया तथा पश्चिम एसियाको इराकमा गर्ने तयारी छ ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो