माघ १८, २०८२ आइतबार | ११:३२:२१
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मदन स्मृती ब्याडमिन्टन: कमल र गणेशको जोडी सेमिफाइनलमा

काठमाडौं । कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको मंगलबार भएको खेलमा थापा दाजुभाईले पञ्चबहादुर गुरुङ र ठाकुर गैरेको जोडीलाई २१-८, २१-१४ ले पराजित गरे । 

अब थापा दाजुभाईले फाइनल प्रवेशका लागि पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१-४, १७-२१, २१-११ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुक्षित गरेका हुन् ।

जननेता मदन भण्डारीको ७२ औ जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जीत शेरचन र प्रदिप पौडेलको जोडीलाई २१-८, २१-९ ले पराजित गर्दै सेमिफानइलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीसँगको भेट पक्का गरे ।

पाख्रिन र सुनुवारको जोडीले कर्ण थापा र एलबि साँवा लिम्बुको जोडीलाई २१-१९, १४-२१, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

पूर्व प्रधामन्त्री एवं नेकपा एमोलेका अध्यक्ष केपी शर्मा वली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले  संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।