काठमाडौं । कालिमाटीस्थित डिभाइन फिजिकल फिटनेस सेन्टरको आठौं वार्षिक समारोहमा १३ औ विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडी प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई सम्मान गरिएको छ ।
उनीहरुलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेसन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले जनही २० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
यसैगरी दुवै खेलाडीको विशेष प्रशिक्षक रुजेश शाहीलाई समेत १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । १३ औं विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिरको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो ।
भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS