चैत्र ७, २०८२ शनिबार | ११:०२:५१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

जिम्न्यास्टिकमा १४ स्वर्णसहित आर्मी च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जिम्न्यास्टिकमा १४ स्वर्ण पदकसहित विभागीय टिम त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

आर्मीले १४ स्वर्ण, ५ रजत र १० वटा कास्य पदक सहित कुल २९ पदक जित्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले ५ स्वर्ण, १७ रजत र ४ कास्य  पदक हात पार्दै दोस्रो स्थान हासिल गर्यो । त्यस्तै बागमती प्रदेशले ६ स्वर्ण र ८ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

टिम इभेन्टअन्तर्गत पुरुषतर्फ १२१.९२५ अंक सहित आर्मीले स्वर्ण पदक जितेको छ । ११३.५५५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जित्यो । ९३.१५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले कास्य पदक जितेको छ ।

टिम इभेन्ट महिलातर्फ ७१.४७५ अंक प्राप्त गर्दै बाग्मती प्रदेशले स्वर्ण पदक जितेको छ । ६४.३७५ अंक प्राप्त गर्दै एपिएफले रजत पदक जितेको छ भने ४८.६७ अंक प्राप्त गर्दै नेपाल आर्मीले कास्य पदक जितेको छ ।

भुई व्यायममा पुरुषतर्फ ७.९० अंक प्राप्त गर्दै आर्मीका राजु राईले स्वर्ण जितेका छन् । आर्मीकै रोहन बुढाथोकीले ७.४० अंक प्राप्त गरी रजत र एपिएफका उज्वल तिवारीले ७.०५ अंक प्राप्त गरी कास्य जितेका छन् ।

भुई व्यायम महिलातर्फ आर्मीकै विदीशा न्यौपानेले ८.३५ अंक सहित स्वर्ण पाएकी छन् । एपिएफकी सुनिता दर्नालले ८.०० अंक सहित रजत र ७.९५ अंक सहित बागमती प्रदेशकी प्रकृति थापा मगरले कास्य पदक जितेकी छन् ।

पोमेल हर्स पुरुषतर्फ एपिएफका रिकेश तामाङले स्वर्ण, आर्मीका राजु राईले रजत र आर्मीकै पिज महर्जनले कास्य पदक जिते । रोमन रिङमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका सुनिल बुढाथोकीले कास्य पदक जितेका छन् ।

भल्टिङ हर्स पुरुषतर्फ आर्मीका रोहन बुढाथोकीले स्वर्ण, आर्मीकै राजु राईले रजत र एपिएफका श्रीकृष्ण खरबुजाले कास्य पदक जितेका छन् । प्यारालल बारमा आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

होराइजेन्टल बारमा आर्मीका राजु राईले स्वर्ण, आर्मीकै विश्वास सुवेदीले रजत र एपिएफका उज्वल तिवारीले कास्य पदक जितेका छन् । अलअराउण्ड पुरुषतर्फ आर्मीका राजु राईले स्वर्ण, एपिएफका उज्वल तिवारीले रजत र आर्मीका रोहन बुढाथोकीले कास्य पदक जितेका छन् ।

भुई व्यायमअन्तर्गत महिलातर्फ आर्मीका बिदिशा न्यौपानेले स्वर्ण, एपिएफका सुनिता दर्नाले रजत र बागमती प्रदेशका प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् । भल्टिङ हर्स महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, एपिएफकै सुनिता निरौलाले रजत र बागमती प्रदेशकी प्रकृती थापा मगरले कास्य पदक जितेकी छन् ।

अलअराउण्ड महिलातर्फ एपिएफकी सुनिता दर्नालले स्वर्ण, आर्मीकी बिदिशा न्यौपानेले रजत र एपिएफकै सुनिता निरौलाले कास्य पदक जितेकी छन् ।

महिलातर्फको  खेलाडीले ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष र अलअराउण्ड गरि चार इभेन्टमा प्रतिस्पर्धा भएका थिए । पुरुषतर्फ ग्राउन्ड फ्लोर, भल्टिङ हर्ष, प्यारालल बार्स, पोमेल हर्स, रोमन रिङ्स, होराइजेन्टल बार र अलअराउण्ड गरि आठ इभेन्टमा प्रतिस्पर्धा भएको थियो । तिन विभागीय क्लब सहित सात प्रदेशका १२० जना खेलाडीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो