माघ १८, २०८२ आइतबार | ०२:११:०४
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एक वर्षे छोराकी आमाको स्वर्ण जित्ने लक्ष्य

पोखरा । बागमती प्रदेशकी विपना ब्लोनले पोखरा रंगशाला परिसरमा रहेको स्क्वास कोर्टमा नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगितामा शनिबार विजयी सुरुआत गरिन् ।

महिला खुल्ला एकलतर्फ समूह ‘बी’ मा रहेकी एक छोराकी आमा विपनाले पहिलो खेलमा शनिबार आफ्नै प्रदेशकी स्वस्थानी श्रेष्ठमाथि जित हासिल गरेकी थिइन् । १३ महिनाको छोरा बोकेर कोर्ट पुगेकी विपनाले ३-० को सोझो सेटमा नतिजा निकालेकी थिइन् ।

समूह ‘ए’मा गण्डकीकी कृष्णा थापा, बागमतीकी भावना सुनुवार र गण्डकीकै शृष्टिका उदास छन् । कृष्णा नेपालको महिला वरियताकी शीर्ष खेलाडी हुन् भने विपना दोस्रो नम्बरमा छिन् । त्यसैले सेमिफाइनलमा सकेसम्म कृष्णासँगको भेट उनी टार्न चाहन्छिन् ।

समूहमा उनले अझै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अस्मिता नगरकोटी र गण्डकी प्रदेशकी करिस्मा ओलीसँग खेल्न बाँकी छ । अर्को एउटा जित हासिल गरे उनी सेमिफाइनल पुग्ने करिव पक्का हुन्छ ।

समूह ‘ए’मा गण्डकीकी कृष्णा थापा, बागमतीकी भावना सुनुवार र गण्डकीकै शृष्टिका उदास छन् । कृष्णा नेपालको महिला वरियताकी शीर्ष खेलाडी हुन् भने विपना दोस्रो नम्बरमा छिन् । त्यसैले सेमिफाइनलमा सकेसम्म कृष्णासँगको भेट उनी टार्न चाहन्छिन् ।

शीर्ष खेलाडी कृष्णा थापाको चुनौती कडा हुने उनलाई थाहा छ । तथापि विपना यसपाली स्वर्ण पदक जित्नेमा आशावादी छिन् ।

दक्षिण एसियाली खेलकुद (साग)का पछिल्ला दुई संस्करण (१२औं र १३औं)मा लगातार कांस्य पदक जितेको नेपाली महिला टिमकी सदस्य विपनाले अहिलेसम्म राष्ट्रिय स्तरमा भने कुनै उपाधि जित्न सकेकी छैनन् ।

‘यसपाली जित्छु होला । मलाई बच्चा जन्मिएपछि झनै बलियो भएँ जस्तो लागेको छ,’ स्क्वास कोर्टबाहिर छोरा बोकेर बसिरहेकी विपनाले खेलाडी डटकमसँग भनिन् ।

सामान्यतया नेपाली खेलकुदमा महिलाहरुको खेलाडी जीवन छोटो हुनेगर्छ । बिवाह गरेपछि धेरै खेलबाट टाढिन्छन् । बिवाहपछि पनि खेलमा टिकिरहनेले बच्चा जन्मिएपछि निरन्तरता दिएका उदाहरण नेपाली खेलकुदमा विरलै छन् । विपना यस्तै दूर्लभ प्रतिभा हुन्, जसलाई बिवाह र सन्तान जन्मिएपछि झनै खेल्न झनै सजिलो भएको छ । शारिरीक रुपमा झन मजबुत भएको अनुभूत भएको छ ।

‘मलाई केही अप्ठेरो भएको छैन । खेल्न कुनै समस्या छैन । श्रीमानको आफ्नै व्यावसाय छ । उहाँले खेल्न प्रेरित गरिरहनुहुन्छ । गर्भवती हुँदा र छोरा जन्मिएपछि ६ महिनामात्र कोर्टबाट टाढा भएँ । छोरा ६ महिनाको भएपछि प्रशिक्षणमा फर्केकी हुँ । केही दिन अप्ठेरो भए पनि चाडै लय समाएँ,’ उनले भनिन्, ‘मेरो प्रशिक्षण र खेल्ने बेलामा आमाले छोरा हेरिदिनुहुन्छ । घरबाट राम्रो सहयोग भएकाले ढुक्कसँग खेल्न पाएकी छु ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।