चैत्र ५, २०८२ बिहीबार | २३:३६:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एक वर्षे छोराकी आमाको स्वर्ण जित्ने लक्ष्य

पोखरा । बागमती प्रदेशकी विपना ब्लोनले पोखरा रंगशाला परिसरमा रहेको स्क्वास कोर्टमा नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगितामा शनिबार विजयी सुरुआत गरिन् ।

महिला खुल्ला एकलतर्फ समूह ‘बी’ मा रहेकी एक छोराकी आमा विपनाले पहिलो खेलमा शनिबार आफ्नै प्रदेशकी स्वस्थानी श्रेष्ठमाथि जित हासिल गरेकी थिइन् । १३ महिनाको छोरा बोकेर कोर्ट पुगेकी विपनाले ३-० को सोझो सेटमा नतिजा निकालेकी थिइन् ।

समूह ‘ए’मा गण्डकीकी कृष्णा थापा, बागमतीकी भावना सुनुवार र गण्डकीकै शृष्टिका उदास छन् । कृष्णा नेपालको महिला वरियताकी शीर्ष खेलाडी हुन् भने विपना दोस्रो नम्बरमा छिन् । त्यसैले सेमिफाइनलमा सकेसम्म कृष्णासँगको भेट उनी टार्न चाहन्छिन् ।

समूहमा उनले अझै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अस्मिता नगरकोटी र गण्डकी प्रदेशकी करिस्मा ओलीसँग खेल्न बाँकी छ । अर्को एउटा जित हासिल गरे उनी सेमिफाइनल पुग्ने करिव पक्का हुन्छ ।

समूह ‘ए’मा गण्डकीकी कृष्णा थापा, बागमतीकी भावना सुनुवार र गण्डकीकै शृष्टिका उदास छन् । कृष्णा नेपालको महिला वरियताकी शीर्ष खेलाडी हुन् भने विपना दोस्रो नम्बरमा छिन् । त्यसैले सेमिफाइनलमा सकेसम्म कृष्णासँगको भेट उनी टार्न चाहन्छिन् ।

शीर्ष खेलाडी कृष्णा थापाको चुनौती कडा हुने उनलाई थाहा छ । तथापि विपना यसपाली स्वर्ण पदक जित्नेमा आशावादी छिन् ।

दक्षिण एसियाली खेलकुद (साग)का पछिल्ला दुई संस्करण (१२औं र १३औं)मा लगातार कांस्य पदक जितेको नेपाली महिला टिमकी सदस्य विपनाले अहिलेसम्म राष्ट्रिय स्तरमा भने कुनै उपाधि जित्न सकेकी छैनन् ।

‘यसपाली जित्छु होला । मलाई बच्चा जन्मिएपछि झनै बलियो भएँ जस्तो लागेको छ,’ स्क्वास कोर्टबाहिर छोरा बोकेर बसिरहेकी विपनाले खेलाडी डटकमसँग भनिन् ।

सामान्यतया नेपाली खेलकुदमा महिलाहरुको खेलाडी जीवन छोटो हुनेगर्छ । बिवाह गरेपछि धेरै खेलबाट टाढिन्छन् । बिवाहपछि पनि खेलमा टिकिरहनेले बच्चा जन्मिएपछि निरन्तरता दिएका उदाहरण नेपाली खेलकुदमा विरलै छन् । विपना यस्तै दूर्लभ प्रतिभा हुन्, जसलाई बिवाह र सन्तान जन्मिएपछि झनै खेल्न झनै सजिलो भएको छ । शारिरीक रुपमा झन मजबुत भएको अनुभूत भएको छ ।

‘मलाई केही अप्ठेरो भएको छैन । खेल्न कुनै समस्या छैन । श्रीमानको आफ्नै व्यावसाय छ । उहाँले खेल्न प्रेरित गरिरहनुहुन्छ । गर्भवती हुँदा र छोरा जन्मिएपछि ६ महिनामात्र कोर्टबाट टाढा भएँ । छोरा ६ महिनाको भएपछि प्रशिक्षणमा फर्केकी हुँ । केही दिन अप्ठेरो भए पनि चाडै लय समाएँ,’ उनले भनिन्, ‘मेरो प्रशिक्षण र खेल्ने बेलामा आमाले छोरा हेरिदिनुहुन्छ । घरबाट राम्रो सहयोग भएकाले ढुक्कसँग खेल्न पाएकी छु ।’ 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो