फाल्गुन २७, २०८२ बुधबार | ०३:२७:५१
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

सागमा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग एनओसीको ‘जुम’ बैठक

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रस्तावित खेलका राष्ट्रिय संघहरूसँग ‘जुम’ को माध्यमबाट शुक्रबार बैठक सम्पन्न गरेको छ ।

आयोजक पाकिस्तानी ओलम्पिक कमिटीले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई प्रतियोगितामा प्रस्तावित खेलबारे प्रतिक्रिया मागेपछि एनओसीले यो बैठक आयोजना गरेको हो ।  आयोजक पाकिस्तान सागमा ३७ खेल सावेश गराउने तयारीमा छ । 

एनओसीले भौतिक रूपमै बैठक बस्न चाहे पनि सातदोबाटोस्थित एनओसी मुख्यालयमा सरकारले प्रहरी राखेर प्रवेश निषेध गरिरहेको कारण अनलाइन बैठक राख्नुपरेको जनाएको छ ।

बैठकमा सहभागी विभिन्न राष्ट्रिय संघका प्रतिनिधिहरूले आफ्नो स्पर्धा सम्बन्धमा थप गर्नुपर्ने, मिलाउनु पर्नेबारे विस्तृतमा प्रतिक्रिया दिएको एनओसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

बैठकमा भएको छलफल अनुसार अब एनओसीले आयोजक पाकिस्तानको ओलम्पिक कमिटीलाई प्रतिक्रिया सहितको सुझाव पठाउने छ । त्यसै अनुसार प्रतियोगिताको तयारीका कार्यक्रम अगाडि बढ्ने जानकारी गराइएकाे छ।

प्रतियोगिता सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म हुँदैछ ।

नेपालमा सन् २०१९ मा सम्पन्न १३औं सागको समापनका दौरान २०२१ मा १४औं साग आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिइएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने साग ६ वर्षसम्म पनि हुन सकेको‌ छैन ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||