काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा सहभागी हुने राष्ट्रिय खेल संघहरुलाई तीन दिन भित्र चितबुझ्दो कारणसहित स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।
यी संघहरुले राखेपको निर्देशनलाई बेवास्था गर्दै गत पुस १३ गते अनलाइनमार्फत भएको एनओसीको निर्वाचनमा सहभागिता जनाएका थिए ।
‘नेपाल र्याफ्टिङ एण्ड क्यानोइड संघ, नेपाल बास्केटबल संघ, नेपाल आर्चरी संघ, नेपाल भलिबल संघ, नेपाल स्की संघ, नेपाल जुडो संघ, नेपाल गल्फ संघ र नेपाल बक्सिङ संघलाई परिषद्ले दिएको शर्त पालना नगरी सोधिएको स्पष्टिकरणको समेत अवज्ञा गरी उचित कारणसहित जवाफ प्राप्त नभएकोले सफाइ पेश गर्न तीन दिन समय सिमासहित मौका दिने र जवाफ चित्त बुझ्दो नभएमा सम्बन्धित खेल संघ/महासंघको बैंक खाता रोक्का, संघ/महासंघका पदाधिकारीहरुलाई वैदेशिक सहभागितामा रोक्का र संघ/महासंघलाई सरकारी भौतिक पूर्वाधार प्रयोगमा रोक्का लगायत कारवाही प्रकृया अगाडी बढाउने निर्णय भएको छ,’ राखेपले बिहीबार सावर्जनिक गरेको ३३औं कार्यकारी समिति बैठकको निर्णयमा भनिएको थियो ।
गत मंगलबार बसेको बैठक एनओसी निवार्चनमै केन्द्रित भएको थियो ।
यस्ता छन् कार्यकारी समिति बैठकका निर्णय