काठमाडौं । हिमालयन राइडर्सविरुद्ध ३४-३० को रोमाञ्चक जित निकाल्दै विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को प्ले-अफमा प्रवेश गरेको छ ।
यससँगै त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी प्रतियोगिताको प्ले-अफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ ।
काठमान्डौं माभरिक्स र जनकपुर नाइट्स एक खेल अगावै प्ले-अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले-अफमा स्थान बनाउने छ ।
रेडबाट विराटनगरले १८ र हिमालयनले १४ अंक जोडे । यसैगरी डिफेन्सबाट हिमालयनले ९ र विराटनगरले ८ अंक थपे ।
यस्तै विराटनगरले २ अलआउटबाट ४ र हिमालयनले १ अलआउटबाट २ अंक प्राप्त गरे । बोनसबाट हिमालयनले ५ र विराटनगरले ४ अंक जोडे ।
तेस्रो जितसँगै चार खेलमा १६ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ । पराजित हिमालयन समान खेलबाट ६ अंकका साथ पाँचौं स्थानमा छ ।
भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER