चैत्र ८, २०८२ आइतबार | १६:२१:३८
आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न

अभिकलाई उपाधि

काठमाडौं । हिमालयन चेस एकेडेमीको आयोजनामा आइतबार सम्पन्न गोल्डेनगेट एसइइ कप र्यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् ।

उनले स्विस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै जेम्स स्कुलका अभिक ६.५ अंकका साथ च्याम्पियन बने ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक जोडे । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम पछि परे ।

अभिक र पुरुषोत्तबीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए ।

विभूषित कायस्थ पाँच अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान पाँत अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित अगाडि रहे ।

बत्तीसपुतलीस्थितगोल्डेनगेट इन्टरनेसनल कलजमा सम्पन्न प्रतियायेगितामा तीन अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशुदिल प्रजापतीले गर्ल्सतर्फको उपाधि जितिन् ।  

कृशला प्रजापती दोस्रो र जेसिका सिंह तेस्रो भए । दुवैले समान दुई अंक जोडेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

४१ खेलाडी सहभागि प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्राले ३ हजार रुपैयाँका साथै ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । 

त्यस्तै, सहभागी सबै खेलाडीलाई ३३.३३ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बु गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो