माघ १८, २०८२ आइतबार | १३:४७:१५
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

एरिका र शिरिष फाउन्डेसनबीच सम्झौता

काठमाडौं । चीनको हान्चाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउन्डेसनबीच सम्झौता भएको छ ।

मंगलबार दरवारमार्गस्थित रोयल सिंही होटलमा एक कार्यक्रमबीच फाउन्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो ।

फाउन्डेसनका अध्यक्ष शिरिष गुरुङ, एरिकासँगै नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामाग्री र प्रदर्शनको आधारमा थप प्रोत्सहान पुरस्कार प्राप्त गर्नेछिन् ।

पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरीष गुरुङको नाममा उक्त फाउन्डेसन सन् २०१७ मा स्थापना भएको हो । एरिका फाउन्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन् । यसअघि  फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो । 

खेलाडीकै लागि काम गर्न खेलाडीकै नामले खोलिएको यो पहिलो संस्था हो ।

सम्झौतापछि एरिकाले आगामी दिनका लागि थप प्रेरणा मिलेको बताइन् । उनले भनिन्,‘ओलम्पियन शिरिश गुरुङ आफैमा एउटा प्रेरणा हुन्।  उहाँसँग जोडिन मन थियो । आज त्यो इच्छा पूरा हुँदा एकदमै खुसी लागेको छ । यसले मलाई आगामी दिनमा सफलता हासिल गर्न हौसला र प्रेरणा मिलेको छ ।’

त्यस्तै अध्यक्ष गुरुङले एरिका जस्तो खेलाडीलाई फाउन्डेसनमा जोड्न पाउँदा खुसी लागेको बताए । ‘एरिका जस्तो राम्रो खेलाडीसँग सम्झौता गर्न पाउँदा हामी खुसी छौं । आशा छ हाम्रो साथले एरिकाले थप सफलता हासिल गर्नेछिन्,’ गुरुङले भने ।

कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।