चैत्र ८, २०८२ आइतबार | २०:४२:१२
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

एरिका र शिरिष फाउन्डेसनबीच सम्झौता

काठमाडौं । चीनको हान्चाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ र शिरिष फाउन्डेसनबीच सम्झौता भएको छ ।

मंगलबार दरवारमार्गस्थित रोयल सिंही होटलमा एक कार्यक्रमबीच फाउन्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो ।

फाउन्डेसनका अध्यक्ष शिरिष गुरुङ, एरिकासँगै नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामाग्री र प्रदर्शनको आधारमा थप प्रोत्सहान पुरस्कार प्राप्त गर्नेछिन् ।

पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरीष गुरुङको नाममा उक्त फाउन्डेसन सन् २०१७ मा स्थापना भएको हो । एरिका फाउन्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन् । यसअघि  फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो । 

खेलाडीकै लागि काम गर्न खेलाडीकै नामले खोलिएको यो पहिलो संस्था हो ।

सम्झौतापछि एरिकाले आगामी दिनका लागि थप प्रेरणा मिलेको बताइन् । उनले भनिन्,‘ओलम्पियन शिरिश गुरुङ आफैमा एउटा प्रेरणा हुन्।  उहाँसँग जोडिन मन थियो । आज त्यो इच्छा पूरा हुँदा एकदमै खुसी लागेको छ । यसले मलाई आगामी दिनमा सफलता हासिल गर्न हौसला र प्रेरणा मिलेको छ ।’

त्यस्तै अध्यक्ष गुरुङले एरिका जस्तो खेलाडीलाई फाउन्डेसनमा जोड्न पाउँदा खुसी लागेको बताए । ‘एरिका जस्तो राम्रो खेलाडीसँग सम्झौता गर्न पाउँदा हामी खुसी छौं । आशा छ हाम्रो साथले एरिकाले थप सफलता हासिल गर्नेछिन्,’ गुरुङले भने ।

कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतको उपस्थिति थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो