चैत्र १०, २०८२ मंगलबार | ०२:४३:४०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

पोखरामा हुने यु-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा हुने यु-१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता पोखरा रंगशालामा जेठ ३० र ३१ गते हुनेछ । प्रतियोगिताको उद्घाटन बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल खेल समावेश गरिएको  शर्मा जानकारी दिए । सबै खेलमा छात्र/ छात्रातर्फ प्रतिस्पर्धा हुनेछ । जसमा ३८ स्वर्ण, ३८ रजत र ४६ कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशका ६३० सहभागी पोखरा आइसकेको सदस्य सचिव शर्माले जानकारी दिए । जसमा हरेक प्रदेशबाट ७६ खेलाडी तथा समान ७ प्रशिक्षक र व्यवस्थापक सहभागी छन् ।

ब्याडमिन्टनतर्फ  प्रतिस्पर्धा  गर्दै

प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनतर्फका खेलहरु मंगलबारदेखि नै सुरु भइसकेका छन् ।

राखेप सदस्य राजेश गुरुङले गण्डकी प्रदेशले यो प्रतियोगिता पाउनु गौरवको विषय भएकाले यसलाई सबै मिलेर सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं उपत्यका बाहिर गण्डकी प्रदेशमा गरिएको प्रतियोगिताले विद्यालय खेलकुदको जगलाई बलियो बनाउने आशा गरिएको विद्यालय खेलकुद महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो