चैत्र ५, २०८२ बिहीबार | २१:१३:०३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित

खेल पुर्वाधार निर्माणमा बजेटको २७ प्रतिशत मात्र खर्च

फाइल तस्विर:मुलपानी क्रिकेट मैदान

काठमाडौं। महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षमा खेल पुर्वाधार निर्माणमा बजेटको २७.२८ प्रतिशत मात्र खर्च भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आइतबार महालेखा परीक्षकले ६१औं वार्षिक अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा गत वर्ष खेल पुर्वाधार निमार्णका लागि ८६ करोड ९५ लाख विनियोजन गरिएकोमा २३ करोड ७१ लाख मात्र खर्च भएको उल्लेख गरिएको छ ।

विभिन्न २२ खेल पुर्वधारमध्ये पाँच रंगशालाको निमार्ण सम्पन्न नभइ गत आर्थिक वर्षमा ६३ करोड २४ लाख रुपैयाँ(७२.७३ प्रतिशत) फ्रिज भएको छ ।

गत वर्ष मुलपानी, त्रिवि क्रिकेट मैदान, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान लगातयका खेल पुर्वधारका लागि बजेट निकासा भएको थियो ।

चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्( राखेप) मार्फत २२ करोड ५० लाख बजेट व्यवस्था गरे पनि खर्च नभएको प्रतिवेदनले देखाएको छ ।

यसैगरी पाँचथरको फिदिम रंगशाला निर्माण का लागि १२ करोड १८ लाखको सम्झौता भए पनि गत आर्थिक वर्षमा ३ करोड ८६ लाख भुक्तान भएको छ ।

२०७९ असार १५ सम्ममा उक्त रंगशालाको निर्माण सम्पन्न भइसक्नु पर्ने भए पनि २०८० असार मसान्तसम्मका लागि सम्झौता थप गरिएको थियो ।

तर उक्त मैदानको भौतिक प्रगति ३१.७५ मात्र देखिएको छ । प्रतिवेदनले समयमै काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई खरिद समझौताको शर्त अनुसार कराबाही गर्न र बाँकी काम पूरा गर्नुपर्ने बताएको छ ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो