माघ १५, २०८२ बिहीबार | १०:२७:१३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एनएमजिसीको अध्यक्षमा पण्डित निर्विरोध

काठमाडौं । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरेको छ ।

चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डितसहित १३ सस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्यो ।

महाधिवेशनबाट महासचिवमा रूपसिंह तामाङ, वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यमा अन्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डंगोल चुनिए ।

सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए । सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चुनिए ।

महाधिवेशनमा २३ राष्ट्रिय संघको सहभागिता रहेको थियो । एनएमजिसी यी संघहरुको छाता संगठन नै  हो ।

निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनित पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनित भए ।

यस्तै सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनित भए । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले महाधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राखेपका सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, संस्थापक उपाध्यक्ष निरण खड्का लगायतको उपस्थिति रहेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।