माघ १८, २०८२ आइतबार | १४:४१:४०
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

‘पिंक केयरएथन’ सम्पन्न

 काठमाडौं  ।  महिलाको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यलेआयोजना गरिएको ‘पिंक केयरएथन’ शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित कार्यक्रममा २ वर्षदेखि ७० वर्षसम्मका झण्डै २००० महिला सहभागी थिए ।

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा काठमाडौं पिंक केयरएथन आयोजना गरेको हो ।

पिंक केयरएथनमा महिलाहरुको ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिएको थियो । १० किलोमिटरतर्फ आस्था राउत प्रथम, मनिता घतामी दोस्रो तथा संगिता तामाङ तेस्रो भए ।  

यसैगरी ५ किलोमिटरतर्फ कल्पना घिमिरे प्रथम, सुशिला राना दोस्रो तथा ममिता धामी तेस्रो हुँदा ३ किलोमिटर दौडतर्फ तिर्सना कुमार पहिलो, सिमा बिथाडी दोस्रो तथा पार्वती चौधरी तेस्रो स्थानमा रहे ।

सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिलाहरुको स्वास्थ्य सेवा र उपचारमा सहयोग गर्न महानगरले भर्खरै निशुल्क क्यान्सर परिक्षण सुरुआत गरेको जानकारी गराइन् ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा क्रियाशिल नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशाली लगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गरिएको हो ।

सन् २०१९ सम्म तिन वर्ष लगातार आयोजना गरिएको यो इभेन्ट कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको हो । अर्को वर्षदेखि नियमितरुपमा यो कार्यक्रम आयोजना गरिने आयोजक संस्थाको दाबी छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।