चैत्र १३, २०८२ शुक्रबार | ०१:०७:४१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

‘पिंक केयरएथन’ सम्पन्न

 काठमाडौं  ।  महिलाको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यलेआयोजना गरिएको ‘पिंक केयरएथन’ शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा आयोजित कार्यक्रममा २ वर्षदेखि ७० वर्षसम्मका झण्डै २००० महिला सहभागी थिए ।

लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा काठमाडौं पिंक केयरएथन आयोजना गरेको हो ।

पिंक केयरएथनमा महिलाहरुको ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिएको थियो । १० किलोमिटरतर्फ आस्था राउत प्रथम, मनिता घतामी दोस्रो तथा संगिता तामाङ तेस्रो भए ।  

यसैगरी ५ किलोमिटरतर्फ कल्पना घिमिरे प्रथम, सुशिला राना दोस्रो तथा ममिता धामी तेस्रो हुँदा ३ किलोमिटर दौडतर्फ तिर्सना कुमार पहिलो, सिमा बिथाडी दोस्रो तथा पार्वती चौधरी तेस्रो स्थानमा रहे ।

सधै घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिलाहरुको स्वास्थ्य सेवा र उपचारमा सहयोग गर्न महानगरले भर्खरै निशुल्क क्यान्सर परिक्षण सुरुआत गरेको जानकारी गराइन् ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा क्रियाशिल नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशाली लगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गरिएको हो ।

सन् २०१९ सम्म तिन वर्ष लगातार आयोजना गरिएको यो इभेन्ट कोरोना महामारीपछि पहिलो पटक आयोजना गरिएको हो । अर्को वर्षदेखि नियमितरुपमा यो कार्यक्रम आयोजना गरिने आयोजक संस्थाको दाबी छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो