माघ ८, २०८२ बिहीबार | ०८:१५:२६
अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित अल नासरको जितमा रोनाल्डोको गोल बार्सिलोनाको कमब्याक जित बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश भुटानको अपराजित यात्रा कायमै, माल्दिभ्सको चौथो हार पाकिस्तानविरुद्ध नेपालको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश उक्लियो शीर्ष स्थानमा एसिया च्याम्पियनसिपका लागि टिपटो स्पोर्टस एकेडेमी थाइल्यान्ड प्रस्थान भारत र न्युजिल्यान्डको ट्वान्टी २० शृंखला आजबाट च्याम्पियन्स लिगमा सिटी र पिएसजीको हार, आर्सनलको अपराजित यात्रा कायम एन्फाको चुनावी कार्यक्रम स्थगित

तार्केश्वर मेयर रनिङ शिल्डः उसुमा किन्डर गार्टेनको वर्चस्व

काठमाडौं । दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत उसुमा किन्डर गार्टेनले वर्चस्व जमाएको छ । 

१८ स्पर्धामा प्रतिस्पर्धा भएकोमा किन्डर गार्टेनले १४ स्वर्ण पदकमाथि कब्जा जमायो । एन्जल्स हार्टले २ तथा हिमरश्मी र कालीदेवीले समान स्वर्ण पदक हात पारे ।

मनमैजुस्थित अजिमा हलमा भएको प्रतियोगिताको थाउलोतर्फ नानछ्वानको पुरुषमा हिमरश्मीका सार्थक आचार्य र महिलामा किन्डर गार्टेनकी करिना बोहरा, छाङछ्वानको पुरुषमा किन्डर गार्टेनका विजन रोक्का क्षेत्री र महिलामा कालिदेवीकी यर्मिया तामाङ तथा थाइची छ्वानको पुरुषमा किन्डर गार्टेनका एनेक्स महर्जन र महिलामा किन्डर गार्टेनकी विपना तामाङले स्वर्ण जिते ।

सान्सौंको पुरुष ३९ केजीमुनिमा उत्सव महर्जन, ४२ केजीमुनिमा प्रशान्त बोहरा, ४५ केजीमुनिमा  अनिश श्रेष्ठ, ४८ केजीमुनिमा अदित कार्की, ५२ केजीमुनिमा अनिश महर्जनले पहिलो स्थान हात पारे । सबै किन्डर गार्टेनका हुन् । 

एन्जल्स हार्टका लागि ५६ केजीमुनिमा साजन महर्जन र ६० केजीमुनिमा मनीष महर्जनले स्वर्ण जिते ।

महिलाको ६० केजीमुनिमा  आयुष्ना अधिकारी, ४५ केजीमुनिमा  अंकिता श्रेष्ठ, ४८ केजीमुनिमा राशिका श्रेष्ठ, ५२ केजीमुनिमा अनिषा कार्की र ६० केजीमुनिमा सुजिता खनाल शीर्ष स्थानमा रहे ।सबै किन्डर गार्टेनका हुन् । 

एथलेटिक्समा हिमरश्मीलाई चार स्वर्ण 

हिमरश्मीले एथलेटिक्सको पहिलो दिन चार स्वर्ण पदक जितेको छ । पहिलो दिन आठ स्वर्णका लागि फिल्ड इभेन्टका खेल भएकोमा एलएनएले दुई तथा सेक्रेट हार्ट र ग्राम सेवाले समान एक स्वर्ण पदक हात पारे ।

ज्याभिलन थ्रोको पुरुषमा सेक्रकेट हार्टका केन्द्र लिम्बु र महिलामा ग्राम सेवाकी सपना तामाङ तथा लङजम्पको पुरुषमा हिमरश्मीका अशिम सेढाईं र महिलामा एलएनएकी सुजाता बलामी पहिलो भए । दोहोरो स्वर्ण जितेकी सुजाता त्रिपलजम्पमा अब्बल बनिन् ।

सटपुटको पुरुषमा हिमरश्मीका सुविन तामाङ र महिलामा हिमरश्मीकी एलिना विक तथा त्रिपलजम्पको पुरुषमा एलएनएका सैलेश श्रेष्ठले स्वर्ण चुमे ।

बस्केटबलमा हिमरश्मीलाई दोहोरो सफलता

बास्केबटलमा सोमबार हिमरश्मीले दोहोरो सफलता हात पारेको छ । हिमरश्मी गर्ल्स र जुनियर ब्वाइजमा विजयी भएको हो ।

मैनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गर्ल्समा हिमरश्मीले प्रारम्भ वल्र्डलाई १८-१२ ले पराजित गर्यो । हिमरश्मीकी खुशी चौधरीले सात स्कोर गरिन् ।

जुनियर ब्वाइजमा हिमरश्मीले मानसिंहलाई १५-४ ले हरायो । हिमरश्मीका भिजन खत्रीले चार अंक जोडे ।

गर्ल्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२-१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१-१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५-१६ ले हराए । पद्मचक्रकी श्रद्धा फुयालले आठ, न्यु इराकी नर्गिमा तमाङले नौ  र एन्जल्सकी अन्शु शर्माले १० अंक जोडे ।

जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६-१२, एलएनएले हिमरश्मीलाई ३२-१८, एन्जल्सले रोजमेरीलाई ३२-१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४-८ ले ।

मानसिंहका दावा भोटेले सात, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रुपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले  पाँच अंक बटुले ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate