चैत्र १४, २०८२ शनिबार | १८:४५:२१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

तार्केश्वर मेयर रनिङ शिल्डः उसुमा किन्डर गार्टेनको वर्चस्व

काठमाडौं । दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत उसुमा किन्डर गार्टेनले वर्चस्व जमाएको छ । 

१८ स्पर्धामा प्रतिस्पर्धा भएकोमा किन्डर गार्टेनले १४ स्वर्ण पदकमाथि कब्जा जमायो । एन्जल्स हार्टले २ तथा हिमरश्मी र कालीदेवीले समान स्वर्ण पदक हात पारे ।

मनमैजुस्थित अजिमा हलमा भएको प्रतियोगिताको थाउलोतर्फ नानछ्वानको पुरुषमा हिमरश्मीका सार्थक आचार्य र महिलामा किन्डर गार्टेनकी करिना बोहरा, छाङछ्वानको पुरुषमा किन्डर गार्टेनका विजन रोक्का क्षेत्री र महिलामा कालिदेवीकी यर्मिया तामाङ तथा थाइची छ्वानको पुरुषमा किन्डर गार्टेनका एनेक्स महर्जन र महिलामा किन्डर गार्टेनकी विपना तामाङले स्वर्ण जिते ।

सान्सौंको पुरुष ३९ केजीमुनिमा उत्सव महर्जन, ४२ केजीमुनिमा प्रशान्त बोहरा, ४५ केजीमुनिमा  अनिश श्रेष्ठ, ४८ केजीमुनिमा अदित कार्की, ५२ केजीमुनिमा अनिश महर्जनले पहिलो स्थान हात पारे । सबै किन्डर गार्टेनका हुन् । 

एन्जल्स हार्टका लागि ५६ केजीमुनिमा साजन महर्जन र ६० केजीमुनिमा मनीष महर्जनले स्वर्ण जिते ।

महिलाको ६० केजीमुनिमा  आयुष्ना अधिकारी, ४५ केजीमुनिमा  अंकिता श्रेष्ठ, ४८ केजीमुनिमा राशिका श्रेष्ठ, ५२ केजीमुनिमा अनिषा कार्की र ६० केजीमुनिमा सुजिता खनाल शीर्ष स्थानमा रहे ।सबै किन्डर गार्टेनका हुन् । 

एथलेटिक्समा हिमरश्मीलाई चार स्वर्ण 

हिमरश्मीले एथलेटिक्सको पहिलो दिन चार स्वर्ण पदक जितेको छ । पहिलो दिन आठ स्वर्णका लागि फिल्ड इभेन्टका खेल भएकोमा एलएनएले दुई तथा सेक्रेट हार्ट र ग्राम सेवाले समान एक स्वर्ण पदक हात पारे ।

ज्याभिलन थ्रोको पुरुषमा सेक्रकेट हार्टका केन्द्र लिम्बु र महिलामा ग्राम सेवाकी सपना तामाङ तथा लङजम्पको पुरुषमा हिमरश्मीका अशिम सेढाईं र महिलामा एलएनएकी सुजाता बलामी पहिलो भए । दोहोरो स्वर्ण जितेकी सुजाता त्रिपलजम्पमा अब्बल बनिन् ।

सटपुटको पुरुषमा हिमरश्मीका सुविन तामाङ र महिलामा हिमरश्मीकी एलिना विक तथा त्रिपलजम्पको पुरुषमा एलएनएका सैलेश श्रेष्ठले स्वर्ण चुमे ।

बस्केटबलमा हिमरश्मीलाई दोहोरो सफलता

बास्केबटलमा सोमबार हिमरश्मीले दोहोरो सफलता हात पारेको छ । हिमरश्मी गर्ल्स र जुनियर ब्वाइजमा विजयी भएको हो ।

मैनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भइरहेको प्रतियोगिताको गर्ल्समा हिमरश्मीले प्रारम्भ वल्र्डलाई १८-१२ ले पराजित गर्यो । हिमरश्मीकी खुशी चौधरीले सात स्कोर गरिन् ।

जुनियर ब्वाइजमा हिमरश्मीले मानसिंहलाई १५-४ ले हरायो । हिमरश्मीका भिजन खत्रीले चार अंक जोडे ।

गर्ल्समै पद्मचक्रले एन्जल्स हार्टलाई २२-१५, न्यु इराले स्प्रिङ भ्यालीलाई २१-१२ र एन्जल्स हार्टले रोजमेरीलाई २५-१६ ले हराए । पद्मचक्रकी श्रद्धा फुयालले आठ, न्यु इराकी नर्गिमा तमाङले नौ  र एन्जल्सकी अन्शु शर्माले १० अंक जोडे ।

जुनियर ब्वाइजमा मानसिंहले रोजमेरीलाई १६-१२, एलएनएले हिमरश्मीलाई ३२-१८, एन्जल्सले रोजमेरीलाई ३२-१८ र पद्मचक्रले मेघा पब्लिकलाई १४-८ ले ।

मानसिंहका दावा भोटेले सात, एलएनएका सर्गम गुरुङले १०, एन्जल्सका रुपेश पौडेलले १२ र पद्मचक्रका सुहान केसीले  पाँच अंक बटुले ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो