माघ १८, २०८२ आइतबार | १०:३३:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

राष्ट्रिय उमा कुङफुः बागमती च्याम्पियन

छैटौं राष्ट्रिय उमा कुङफुको उद्घाटन अवसरमा सदस्यसचिव टंकलाल घिसिङ (दायाँ) संजीतकुमार राईलाई पाँचौं डानको प्रमाण पत्र प्रदान गर्दै

काठमाडौं । बागमती प्रदेशले छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमती सर्वाधिक १९ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल उमा कुङफु संघद्धारा आयोजित प्रतियोगितामा १४ स्वर्ण पदकाका साथ गण्डकी प्रदेश दोश्रो तथा सात स्वर्णका साथ कोशी प्रदेशतेस्रो स्थानमा रहे । 

प्याटर्नको पुरुषमा अपिल मोक्तान तथा महिलामा साइना महर्जन उत्कृष्ट खेलाडी घोषित भए । सान्डाको पुरुषमा दिपेश थिङ तथा महिलामा सन्तली थामी उत्कृष्ट खेलाडी चुनिए । चारै बागमतीका हुन् ।

उत्कृष्ट चारैले जनही १५ हजार नगद पुरस्कार हात पारे । विजेतालाई नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा लगायतले पुरस्कृत गरे ।

यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले वर्ल्ड मार्सल आर्ट्स गेम्स कमिटी (डब्लुएमएसी), अस्ट्रियाबाट प्राप्त विभिन्न डानको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो । संजीतकुमार राईलाई पाँचौं डान, रमेश महर्जन र कमल मगरलाई चौथो डान तथा सञ्जयराज पुटुवार, सरिना घले र रवि महर्जनलाई तेश्रो डानको प्रमाण पत्र प्रदान गरियो ।

यसैगरी नेपाल उमा कुङफु संघकी उपाध्यक्ष मुन्नी सुवेदीलाई डब्लुएमएसीबाटै प्राप्त मानार्थ सदस्यको प्रमाण पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत सान्डा स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक संजीतकुमर राई तथा प्याटर्न स्पर्धामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले मुख्य जजको भूमिका निर्वाह गरेका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।