चैत्र १८, २०८२ बुधबार | ०९:५६:११
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

वीरेन्द्रनगरमा हुने रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने ‘दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त’ राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा  भएको छ ।

खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ । 

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु वीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए ।

वीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार नगरपालिकाकी मेयर मोहनमाया भण्डारी (ढकाल), प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिम र एक्स हिरो, हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान प्रतिस्पर्धा गर्नेछन् ।  लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले ५० हजार, ट्याग टिम च्याम्पियनले ५० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोर च्याम्पियनले ७५ हजार र हेभीवेट च्याम्पियनले एक लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबै विजेतालाई नगदका साथ मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

प्रवेश निशुल्क रहेको प्रतियोगितालाई करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो