माघ १७, २०८२ शनिबार | २०:००:५०
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

वीरेन्द्रनगरमा हुने रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने ‘दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त’ राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा  भएको छ ।

खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ । 

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु वीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए ।

वीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार नगरपालिकाकी मेयर मोहनमाया भण्डारी (ढकाल), प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिम र एक्स हिरो, हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान प्रतिस्पर्धा गर्नेछन् ।  लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले ५० हजार, ट्याग टिम च्याम्पियनले ५० हजार, लेडिज वेट च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ७० हजार, हार्डकोर च्याम्पियनले ७५ हजार र हेभीवेट च्याम्पियनले एक लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबै विजेतालाई नगदका साथ मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

प्रवेश निशुल्क रहेको प्रतियोगितालाई करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।