चैत्र १२, २०८२ बिहीबार | २१:५३:१०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रग्बीमा आर्मी र लुम्बिनीको जित

पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रग्बी खेलमा विजयी सुरुआत गरेका छन् ।

शनिबारबाट कास्कीको भण्डारढिक खेल मैदानमा भएको पुरुषतर्फ आर्मीले गण्डकी प्रदेश र लुम्बिनीले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन् । आर्मीले र गण्डकीमाथि २४-५  अंकको फराकिलो जित निकाल्यो । आर्मीले चार ट्राई र दुई कनभर्जन किकमा सफलता पायो ।

दुई वटा कन्भर्जन किकमा भने आर्मी असफल रह्यो । गण्डकीले भने एक ट्राइ गर्यो । कनभर्जन किकमा भने गण्डकीले सफलता पाउन सकेन । दोस्रो खेलमा पनि लुम्बिनीले बाग्मती प्रदेशलाई २०-५ अंकको फराकिलो अन्तरले हरायो । लुम्बिनीले चार ट्राई गर्यो ।

तर, कनभर्जन किकमा भने लुम्बिनी असफल रह्यो । बाग्मतीले भने ट्राई फर्कायो । गण्डकीले महिलातर्फ भने सफलता पायो । गण्डकीले कर्णाली प्रदेशमाथि १०-५ अंकले हरायो । महिलामा नै सशस्त्र प्रहरी बल एपिएफ क्लबले मधेश प्रदेशमाथि १७-५ को जित निकाल्यो । खेलको सुरुआतमै ट्राईका साथ अग्रता बनाएको मधेशले त्यसलाई जारी राख्न सकेन ।

एपिएफले दुई ट्राई र दुई कनभर्जन किक गर्दै रबाफिलो जित निकाल्यो । रग्बीमा दोस्रो दिन आइतबार पुरुषमा ९ र महिलामा तीन गरी १२ खेलहरू सञ्चालन हुनेछन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मन्त्री गहतराजले यो प्रतियोगिताले क्षमतावान्, सक्षम र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा उपस्थित थिए । रग्बीले पहिलो पटक राष्ट्रिय खेलकुद खेल्दै छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो