चैत्र ४, २०८२ बुधबार | ०९:४४:१०
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

राष्ट्रपति अस्वस्थ, राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपतिले गर्ने

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ भएका कारण उनको प्रमूख आतिथ्यमा हुने तय भएको नवौं वृहत राष्ट्रिय खेलकुदको उद्घाटन कार्यक्रममा हेरफेर हुने भएको छ ।

कोभिड १९ को संक्रमणका कारण राष्ट्रपति अस्वस्थ भएपछि उनको सट्टा उपराष्ट्रपति नन्दकिशोर पुनले पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुद महोत्सवको उद्घाटन गर्ने तय भएको राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य दीपेन्द्र बिष्टले खेलाडी डटकमलाई जानकारी गराएका छन् ।

‘राष्ट्रपतिज्यूको स्वास्थ्य अनुकुल नभएका कारण उहाँ आउन नसक्ने हुनुभयो । उहाँको सट्टा उपराष्ट्रपतिज्यूले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नुहुनेछ,’ बिष्टले भने ।

राष्ट्रिय खेलकुदको इतिहासमा यसअघि एक पटकमात्र राष्ट्रप्रमूख उद्घाटन समारोहमा उपस्थित भएका थिएनन् । नेपालगञ्जमा २०५५ सालमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदमा तत्कालिन युवराज दीपेन्द्र शाह उद्घाटन समारोहका मुख्य अतिथि थिए । यसवाहेक यसअघिका सबै संस्करणका उद्घाटन समारोहमा राष्ट्र प्रमूख मुख्य अतिथि हुने गरेका थिए ।

२०३८ सालमा काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय खेलकुद, २०४० सालमा पोखरामा भएको दोस्रो संस्करण र २०४२ सालमा वीरगञ्जमा भएको तेस्रो संस्करणको उद्घाटन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए । त्यसपछि २०६५ सालमा भएको पाँचौं र २०६८ सालमा धनगढीमा भएको संस्करणको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । २०७३ सालमा विराटनगरमा भएको सातौं तथा २०७६ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन ।


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH