चैत्र १७, २०८२ मंगलबार | २२:५०:३९
गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने

चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता: अरहन्त केशर र कृष्णा च्याम्पियन

काठमाडौँ । शीर्ष वरीयताका अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएका छन् ।  

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा अरहन्तले अमृतलाई ११-४, ११-७ र ११-६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेता अमृतले १५ हजार रुपैयाँ प्राप्त गर्दा  सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर ब्लोन र दीपक थापाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११-७, ११-७ ११-७ ले निराश पार्दै च्याम्पियन भइन् । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी, ब्वाइज जनियरमा विकास मगर, भेट्रान्स (५० वर्ष माथि) मा सन्दीपबहादुर सिंह र पुरुष प्लेटतर्फ प्रयाग जोशी च्याम्पियन भए ।

विजेतालाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले पुरस्कार प्रदान गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो