चैत्र ९, २०८२ सोमबार | १७:२८:३७
सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न

नुवाकोटमा हाप्किडो उपमेयर कप

काठमाडौं । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उपमेयर कप तथा सहिद स्मृति छैटौं राष्ट्रिय हाप्किडो प्रतियोगिताको नगरपालिका कार्यवाहक मेयर कविता ढुङ्गानाले मंगलबार उद्घाटन गरेकी छिन् ।

सहभागि आठ टिमका खेलाडीको मार्च पाससँगै कार्यक्रम सुरु भएको थियो । उद्घाटन समारोहमा खेलाडीबाट डेमो प्रदर्शनका साथै सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले नगरपालिकाले ऐतिहासिक प्रतियोगितालाई सफल तुल्याउन निकै प्राथमिकता दिएर आर्थिक सहयोग गरेको बताइन् ।

उनले भनिन्,‘ हाप्किडो राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, प्रत्येक प्रदेशबिच एकता र मित्रता पनि हो ।’

आगामी दिनहरूमा हाप्किडो खेलको विकास र विस्तारको लागि सहयोग गरिरहने प्रतिबद्धता गरिन् । उनले बेलकोटगढी नगरपालिकाको प्रत्येक स्थानीय स्कुलहरूमा हाप्किडो खेलको प्रशिक्षणलाई अनिवार्य गर्नका लागि सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको विशेष अतिथि नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तिमगरले मंगलबारदेखि जेठ पाँच गतेसम्म सञ्चालन हुने प्रतियोगिताको माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको बताए ।

राष्ट्रिय प्रतियोगिताबाट युवाहरूमा खेलप्रति आकर्षण, शिक्षामा जागरण, चेतनाको विकास, एकताको सन्देश, खेलले सामाजिक रूपान्तरणलाई जोड्न सक्छ र खेलबाट नुवाकोट जिल्लाको पहिचान, खेल पर्यटकको हब बन्ने पनि उनले बताए । अध्यक्ष घर्तिमगरले स्थापनाकालदेखि नै नेपालको ग्रामीण भेगमा बढी भन्दा बढी कार्यक्रम गर्दै आएकोमा जोड दिए  । आगामी असोज महिनामा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको स्थापना दिवसको अवसरमा दाङ जिल्लामा सातौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना गर्ने उनले बताए । कार्यक्रमको स्वागत मन्तव्य प्रवीण गुरुङले गरेका थिए ।

हाप्किडो राष्ट्रिय प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्त्व र तयारीबारे गुरुङले जानकारी गरे । नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष मनोज लामाको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्व हाप्किडो खेल पदाधिकारी, निर्णायक, रेफ्री, प्रशिक्षक, खेलाडी र जनसमुदायको उपस्थिति रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो