माघ १५, २०८२ बिहीबार | १२:०८:१५
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नुवाकोटमा हाप्किडो उपमेयर कप

काठमाडौं । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उपमेयर कप तथा सहिद स्मृति छैटौं राष्ट्रिय हाप्किडो प्रतियोगिताको नगरपालिका कार्यवाहक मेयर कविता ढुङ्गानाले मंगलबार उद्घाटन गरेकी छिन् ।

सहभागि आठ टिमका खेलाडीको मार्च पाससँगै कार्यक्रम सुरु भएको थियो । उद्घाटन समारोहमा खेलाडीबाट डेमो प्रदर्शनका साथै सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले नगरपालिकाले ऐतिहासिक प्रतियोगितालाई सफल तुल्याउन निकै प्राथमिकता दिएर आर्थिक सहयोग गरेको बताइन् ।

उनले भनिन्,‘ हाप्किडो राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, प्रत्येक प्रदेशबिच एकता र मित्रता पनि हो ।’

आगामी दिनहरूमा हाप्किडो खेलको विकास र विस्तारको लागि सहयोग गरिरहने प्रतिबद्धता गरिन् । उनले बेलकोटगढी नगरपालिकाको प्रत्येक स्थानीय स्कुलहरूमा हाप्किडो खेलको प्रशिक्षणलाई अनिवार्य गर्नका लागि सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रमको विशेष अतिथि नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तिमगरले मंगलबारदेखि जेठ पाँच गतेसम्म सञ्चालन हुने प्रतियोगिताको माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको बताए ।

राष्ट्रिय प्रतियोगिताबाट युवाहरूमा खेलप्रति आकर्षण, शिक्षामा जागरण, चेतनाको विकास, एकताको सन्देश, खेलले सामाजिक रूपान्तरणलाई जोड्न सक्छ र खेलबाट नुवाकोट जिल्लाको पहिचान, खेल पर्यटकको हब बन्ने पनि उनले बताए । अध्यक्ष घर्तिमगरले स्थापनाकालदेखि नै नेपालको ग्रामीण भेगमा बढी भन्दा बढी कार्यक्रम गर्दै आएकोमा जोड दिए  । आगामी असोज महिनामा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको स्थापना दिवसको अवसरमा दाङ जिल्लामा सातौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना गर्ने उनले बताए । कार्यक्रमको स्वागत मन्तव्य प्रवीण गुरुङले गरेका थिए ।

हाप्किडो राष्ट्रिय प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्त्व र तयारीबारे गुरुङले जानकारी गरे । नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष मनोज लामाको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्व हाप्किडो खेल पदाधिकारी, निर्णायक, रेफ्री, प्रशिक्षक, खेलाडी र जनसमुदायको उपस्थिति रहेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।