माघ १५, २०८२ बिहीबार | ०८:१९:४९
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

सुटिङमा आयो वाइल्डकार्ड, सुस्मिताले ओलम्पिकमा सहभागिता जनाउने

काठमाडौं । अर्को महिना फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ का लागि नेपाली सुटिङ खेलाडी सुस्मिता नेपालले सहभागिता जनाउने भएकी छन् ।

जुलाई २६ बाट अगस्ट ११ सम्म फ्रान्सको राजधानी पेरिसमा हुने ३३औं ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सुस्मितालाई सहभागिताका लागि वाइल्डकार्ड दिने शुक्रबार निर्णय गरेको थियो । सुस्मिताले १० मिटर एयर राइफलमा चुनौती पेश गर्नेछिन् ।

आइओसीबाट सुस्मिताले वाइल्डकार्ड पाएपछि पेरिस ओलम्पिकमा ६ नेपाली खेलाडीको सहभागिता पक्का भएको छ । सुस्मिताअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याड्मिन्टनका प्रिन्स दाहाल, पौडीका डुआना लामा र एलेक्स शाह तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको सहभागिता पक्का भइसकेको थियो ।

स्यान्टुले काठमाडौंमै भएको ओलम्पिकको दक्षिण एसियाली छनोट चरण पार गरेर पेरिसको टिकट पक्का गरेका थिए । छनोट चरण पार गरेरै ओलम्पिक खेल्ने स्यान्टु समग्रमा तेस्रो तथा तेक्वान्दोवाहेकका खेलबाट पहिलो खेलाडी बनेका छन् ।

स्यान्टुअघि छनोट प्रतियोगितामा सफलता हासिल गर्दै तेक्वान्दोका संगीना बैद्य र दीपक बिष्टले ओलम्पिकमा सहभागिता जनाएका थिए । संगीनाले ग्रिसको एथेन्समा भएको २००४ को संस्करण तथा दीपकले त्यसको चार वर्षपछि चीनको बेइजिङमा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।