चैत्र ५, २०८२ बिहीबार | १९:०१:२१
लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा

नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि १० गतेसम्म हुने

काठमाडौं नेपाल बुद्धिचाल महासंघको आयोजनामा नेसनल चेस च्याम्पियनसिप बैशाख ५ देखि १० गतेसम्म संचालन हुने भएको छ । 

आयोजकले आइतबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 

महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने प्रतियोगिता काठमाडौं लाजिम्पाटस्थित होटल ले हिमालयमा हुनेछ ।

६ दिनसम्म चल्ने च्याम्पियनसिप अन्तर्गत २२ औं ओपन एवं सातौं वुमन्स गरी दुई विधामा संचालन गरिने आयोजकले जनाएको छ ।

राउन्ड रोविन प्रणालीमा सञ्चालन हुने च्याम्पियनसिपमा दुवै विधामा समान १० खेलाडीको सहभागीता रहने छ ।

नेसनल ‘बी’ च्याम्पियनसिपबाट छनोट भएका आठ जना, उच्च रेटिङ भएका एक र वर्तमान च्याम्पियन एकको सहभागीता हुने च्याम्पियनसिपमा खुलातर्फ उच्च वरीयता प्राप्त क्यान्डिडेट मास्टर विवेक थिङ हाल अस्ट्रेलिया भएका कारण सहभागी हुने छैनन् ।

२१ औँ नेशनल च्याम्पियनसिपका विजेता क्यान्डिडेट मास्टर पुरुषोत्तम चौलागाई हुन भने छैटौं वुमन्स नेसनल च्याम्पियनसिपका विजेता महिला फिडेमास्टर सुजना लोहनी हुन ।

२२ औं नेसनल चेस च्याम्पियनसिपको उपाधिका लागि वर्तमान च्याम्पियन पुरुषोतम चौलागाई सहित नेसनल ‘बी’ बाट छनोट भएका फिडे मास्टर रुपेश जैसवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्व विजेता क्यान्डिडेट मास्टर केशव श्रेष्ठ, पूर्व विजेता सूरविर लामा, झापाका प्रकाशचन्द्र नेपाल एवं राजन सुवेदी, काठमाडौका पुरुषोत्तम सिलवाल र दोलखाका राजिव कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

वैकल्पिक खेलाडीको रुपमा ललितपुरका राजन पुरी र सजिन महर्जन छन् ।

यसैगरी महिलातर्फ वर्तमान च्याम्पियन वुमन फिडे मास्टर सुजना लोहनी सहित नेसनल ‘बी’ बाट  छनोट भएका पूर्व विजेता सिन्दिरा जोशी, झापाका कृतिसारा अधिकारी एवं पुनम प्रसाई, मोरङका खुश्बु थापा र शान्ति धिमाल, कास्कीका पूजा भण्डारी, काठमाडौंका विनिता कपाली, रिया श्रेष्ठ एवं मार्सल तामाङले सहभागीता जनाउने छन् ।

वैकल्पिक खेलाडीको रुपमा चितवनका लक्ष्मी कँडेल र पर्साका सुशिला गुरुङ छन् ।

च्याम्पियनसिपका विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिपकजकस्तानको आस्थानामा जुन ५ देखि १५ सम्म हुने एशियन कन्टिनेन्टल तथा सन्  २०२४ मा हंगेरीको बुढापेस्टमा हुने  ४५ औं चेस ओलम्पियाडमा समेत सहभागिता सुनिश्चित गर्नेछन् ।

प्रत्येक वर्ष आयोजना हुने नेसनल च्याम्पियनसिपमा शीर्ष तीन मा रहने खेलाडीले आगामी वर्ष हुने २३ औँ नेशनल तथा आठौं वुमन नेशनल च्याम्पियनसिपमा सहभागिता सुनिश्चित गर्ने छन् भने अन्य खेलाडीले नेसनल ‘बी’ मा प्रतिस्पर्धा गर्नु पर्नेछ ।  

 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।