चैत्र ५, २०८२ बिहीबार | ०९:०५:०४
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

फागुन तेस्रो साता तेस्रो मन्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेस

काठमाडौं । बागमती प्रदेशको प्रदेश खेलकुद विकास परिषद र पोखराको स्वतन्त्र सामाजिक प्रतिष्ठानसंयुक्त आयोजननामा फागुन तेस्रो साता मन्जुश्री अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रेसको तेस्रो संस्करण हुने भएको छ । 

फागुन २०, २१ र २२ गते गरि तीन दिन संचालन हुने रेसमा काठमाडौं, भक्तपुर र ललितपुर गरि तीनै जिल्लाको भुगोललाई समेटेर संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा एक सय माइलको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस, एक सय किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस, ५४ किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेस,२४ किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस,१० किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस र पाँच किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेस गरि ६ विधा समावेश गरिएको छ । 

जसअन्तर्गत एक सय माइलको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजेता, उपविजेता र तेस्रो स्थानको खेलाडीले क्रमशः एक लाख ५० हजार रुपैयाँ,७५ हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्राप्त गर्नेछन । त्यस्तै एक सय किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजृताले ७५ हजार रुपैयाँ,उपविजेताले ३७ हजार पाँच सय रुपैयाँ, तेस्रो स्थानका खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

यसैगरि ५४ किलोमिटरको महिला तथा पुरुष अल्ट्रा ट्रेल रेसका विजेताले ५० हजार,,२४ किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले ३० हजार ,१० किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले १५ हजार र पाँच किलोमिटरको अन्तर्राष्ट्रिय ट्रेल रेसका विजेताले १० हजार रुपैयाँ प्राप्त गर्ने बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं