चैत्र ६, २०८२ शुक्रबार | ००:३८:४३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

नेपाल च्याम्पियन

काठमाडौं । भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै च्याम्पियन बनेको छ ।

यसैगरी भारत २७ स्वर्ण,२० रजत र १३ कांस्य पदकसहित दोश्रो, श्रीलंका पाँच स्वर्ण,१८ रजत र ३१ कांस्य पदकसहित तेश्रो, आयोजक भुटान पाँच रजत र ३७ कांस्य पदकका साथ चौथो भएको थिम्पुबाट नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी दिए  ।

प्रतियोगिताको अन्तिम दिन नेपालबाट पुरुष क्याडेटतर्फ ५२ किलोमुनिमा समन श्रेष्ठ, ६३ किलो मुनिमा साहिल राई र जुनियरतर्फ ६८ किलोमुनिमा निशान तामाङले स्वर्ण पदक जिते ।

यसैगरी यु-२१, ८४ किलो मुनिमा गौरव नेपाल, ८४ किलोमाथिमा आशिष श्रेष्ठ, पुरुष कै सिनियरतर्फ ५५ किलोमुनिमा एलोन श्रेष्ठ,६७ किलोमुनिमा सन्तोष श्रेष्ठ, ८४ किलोमुनिममा मोहम्मद सेखु आलम र ८४ किलोमाथिमा विप्लबलाल श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए ।

क्याडेटको महिलातर्फ ४२ किलोमुनिमा वर्षा राई, ४७ किलोमुनिमा प्रोसिया चौधरी, ६१ किलोमुनिमा मनिषाकुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमुनिमा सुस्मिता वाइबा, ५३ किलोमुनिमा समिक्षा ढुंगाना,यु-२१ को ४५ किलोमुनिमा प्रियन्का शाही, ५० किलोमुनिमा अन्जली महर्जन ५५ किलोमुनिमा जिया कार्कीले स्वर्ण पदक चुमे ।

महिला सिनियरतर्फ ४५ किलोमुनिमा वर्षा बुढामगर, ६१ किलोमुनिमा निरुपा तामाङ र ६८ किलो माथिमा १ औं एसियाली खेलकुदकी रजत पदक बिजेता एरिका गुरुङले नेपाल लाई स्वर्ण पदक दिलाए ।

यस्तै महिलातर्फ टिम कुमितेमा स्वर्ण जितेको नेपाल पुरुषतर्फ दोश्रो स्थानमा रह्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो