चैत्र १४, २०८२ शनिबार | ०१:५९:०९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपालविरुद्ध खेल्दै नेपालकी छोरी 

काठमाडौं, (खेलाडी)- एएफसी एसियन महिला कपको छनोटमा नेपाली मुलकी स्नेहा लिम्बुले आज नेपाल विरुद्ध नै खेल्ने भएकी छिन् । 

उज्वेकिस्तानमा जारी प्रतियोगितामाको दोस्रो खेलमा नेपालले आज दिउसो ३ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ । 

हङकङमा जन्मेकी नेपाली छोरी स्नेहाले ८ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी थिइन् । १६ वर्षे स्नेहाले हङकङको राष्ट्रिय टोलीबाट एक खेल खेल्दै एक गोल गरेकी छिन् । 

गत मार्च चारमा टर्कीस वुमेन्स कपअन्तर्गत रोमानियाविरुद्धको खेलबाट हङकङको राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी उनले त्यही खेलमा अन्तर्राष्ट्रिय गोलको खाता खोलेकी थिइन । उक्त खेलमा हङकङ ४-१ को नतिजामा पराजित भएको थियो । 

केही वर्षअघि साउथ चाइना मर्निङ पोस्टले स्नेहालाई ब्राजिली सुपरस्टार नेइमारसँग दाँज्दै लेख प्रकाशित गरेको थियो । उक्त समाचारमा हङकङको महिला फुटबलमा स्नेहाको उपस्थिती नेइमारको जस्तै भनेर तुलना गरिएको थियो । 

अर्को वर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुने लक्ष्य राखेको नेपालले आज बलियो प्रतिद्वन्द्वी हङकङ लाई हराउनै पर्ने छ ।

समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेल फिलिपिन्ससँग खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल २-१ को नतिजामा पराजित भएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो