वैशाख ३०, २०८२ मंगलबार | १०:१२:१९
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

सेमिफाइनल र भारत, इतिहास नयाँ बन्ला ?

काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा नेपालले फेरी पनि एकपटक सेमिफाइनलमा भारतको सामना गर्नुपर्ने भएको छ । बंगलादेशसँग पराजित भएसँगै समूह ‘ए’ को उपविजेतामा सीमित बनेको भारतले सेमिफाइनलमा नेपालसँग खेल्ने पक्का भएको हो ।

च्याम्पियनसिपको पाँचौ संस्करणको नजिता निस्किसक्दा नेपालले चार पटक फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, २०७३ साल भारतको सिलीगुढीमा भएको चौथो संस्करणमा भने पहिलो पटक नेपाल सेमिफाइनलबाट बाहिरियो । जतिबेला नेपाल फाइनल पुग्नुअघिको तगारो बनेको थियो छिमेकी मुलुक भारत ।

साफ च्याम्पियनसिपमा नेपाललाई हालसम्म भारतबाहेक अन्य कुनै देशले हराउन सकेका छैनन् । एक हिसाबले यो नतिजा गर्विलो भए पनि च्याम्पियनसिपमा अहिलेसम्म नेपालले भारतको चुनौती पन्छाउन सकेको छैन ।

उपाधि र उपाधिसम्मको यात्राका लागि बाधक बन्दै आएको भारतविरुद्ध एकपटक फेरी नेपालले च्याम्पियनसिपको सेमिफाइनलमै भिड्ने भएको छ । यस्तो अवस्थामा महत्वपूर्ण प्रश्न खडा भएको छ, भारतले २०७३ (सन् २०१६) को इतिहास दोहोर्याउला वा नेपालले नयाँ इतिहास बनाउन ? अर्को गज्जवको संयोग के भने त्यसबेला नेपाली महिला टिमको प्रशिक्षण कुमार थापाले सम्हालेका थिए र अहिले छैटौं संस्करणमा पनि टिमको जिम्मेवारी थापाकै काधमा छ ।

चौथो साफमा पहिलो पटक महिला टिमको जिम्मेवारी पाएका प्रशिक्षक थापाले त्यो बेलामा भारतसँगको हार टार्न सकेका थिएनन् । समूह चरणका खेलमा सतप्रतिशत नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको नेपाल भारतसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यो पटक पनि समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल पुगेको नेपालको लागि सोही इतिहास दोहोरिदा प्रतियोगिताको एकमात्र विजेता भारतविरुद्ध जित फलामको चिउरा चपाउनुसरह हुने पक्का छ ।

चारपटक फाइनल र एक पटक सेमिफाइनलमा भारतसँग हार बेहोरेको नेपालले १६ गोल खाएको र तीन गोल फर्काएको छ ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणमा १-० ले भारतलाई नतिजा सुम्पिएको नेपाल दोस्रो, तेस्रो र पाँचौ साफमा क्रमशः ३-१, ६-० र ३-१ को नतिजामा पराजित हुँदै उपाधि विमुख भएको थियो । चौथो साफमा भारत सेमिफाइनलमै तगारो बन्दा नेपाल ३-१ ले पराजित हुँदै घर फर्किएको थियो ।

च्याम्पियनसिपको छैटौं संस्करणमा केही अप्रत्यासित नतिजा निस्किरहेका बेला नेपाल पनि सोही आश्चर्यजनक नतिजा निरन्तरता दिन चाहन्छ ।

प्रतियोगितामा हालसम्म एकछत्र राज गरेको भारत मंगलबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले स्तब्ध बन्यो । यो साफ महिला च्याम्पियनसिपको इतिहासमै भारतको पहिलो हार थियो भने भारतमाथि बंगलादेशको पहिलो जित । च्याम्पियनसिपको इतिहासमा भारतविरुद्ध गोल गरेर पनि ‘क्लिन सिट’ राख्ने बंगलादेश पहिलो टिम बन्यो । यस्तै, भुटानले च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्ने क्रममा श्रीलंकालाई ५-० ले पराजित गर्यो ।

मंगलबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि भारतका मुख्य प्रशिक्षक सुरेनकुमार क्षेत्रीले सेमिफाइनलका लागि राम्रो तयारी गर्नुपर्ने बताएका थिए । घरेलु मैदानमा समर्थकको राम्रो साथ पाउने भएकाले नेपालविरुद्ध खेल्न केही कठिन हुने प्रतिक्रिया दिएका थिए ।

‘बंगलादेशसँगको हारबाट राम्रो पाठ सिक्यौ । नेपाल राम्रो टिम हो । हामीले कडा परिश्रम गर्नुपर्छ,’ मुख्य प्रशिक्षक क्षेत्रीले भने, ‘विराटनगरमा भएको खेलबाट थाहा पाएका थियौ । यहाँ धेरै समर्थकको साथ हुने भएकाले खेल्न कठिन नै हुन्छ । हामी खेलमा ध्यान दिन्छौं ।’

यता, नेपाली टिमका मुख्य प्रशिक्षक थापाले भने आफूले पाएको दोस्रो मौकालाई कुनै पनि हालतमा खेर नफाल्ने र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका थिए ।

‘हामीलाई घरेलु मैदान र समर्थकको साथ छ । जुन हाम्रो प्लस पोइन्ट हो । टिम पनि राम्रो भएको छ । मैले फेरी आफूलाई सावित गर्ने दोस्रो मौका पाएको छु । त्यसको भरपुर फाइदा उठाउनेछु,’ उनले भने, ‘खेल हो, जे पनि हुनसक्छ । विगतका गल्तीहरुलाई सुधार्दै उपाधि जित्नेमा ध्यान केन्द्रित गर्नेछौं ।’

तीन युवा खेलाडीसम्मिलित नेपाली टिमलाई घरेलु मैदान र दर्शकको साथ त राम्रै हुन्छ । तर, टिममा अनुभवी खेलाडी तथा पूर्व कप्तान रेनुका नगरकोटी र डिफेन्डर पुजा राना मगरको अनुपस्थिति पनि खड्किनेछ ।

तर, अप्रत्यासित नजिताले दक्षिण एसियाली महिला फुटबललाई रोमाञ्च थपिरहेका बेला शुक्रबार हुने दोस्रो सेमिफाइनलमा भारतले चौथो संस्करणको इतिहास दोहोर्याउला वा नेपाली टिम र प्रशिक्षक थापाले ‘भारतलाई हराउँदै नेपाल फाइनलमा’ भन्ने स्वर्ण अक्षरको नयाँ इतिहास कोर्लान, त्यो भने हेर्न बाँकी नै छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP