वैशाख ३०, २०८२ मंगलबार | १०:३४:४०
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

नो योर टिम: यस्ता छन् नेपाली खेलाडी

काठमाडौं । लगातार दोस्रो पटक नेपालमा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रशिक्षक कुमार थापाले भदौ २१ बाट कात्तिक ३ सम्म आयोजना हुने साफकालागि ५८ खेलाडीबाट अन्तिम २३ खेलाडी घोषणा गरेका छन् । जुन खेलाडीले पहिलो पटक घरेलु मैदानमा नेपाललाई साफको उपाधि जिताउन प्रयास गर्नेछन् । साफ छैटौ पटक आयोजना हुँदै गर्दा नेपाल चार पटक उपविजेता भएको छ भने एक पटक सेमिफाइनलबाट माथि बढ्न सकेन ।

यस्ता छन् साफ खेल्ने नेपाली खेलाडीः

१, अमिषा कार्की

नेपाल यु-१८ र यु-१९ टिममा उच्च प्रदर्शनसँगै अमिषा कार्की पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन् । उदयपुरमा जन्मेकी अमिषा भर्खर १७ वर्षको लागिन् । पछिल्लो दुई राष्ट्रिय महिला लिगमा प्रभावशाली प्रदर्शनसँगै अमिषा राष्ट्रिय टिमको क्याम्पमा स्थान बनाएकी थिइन् । पहिलो राष्ट्रिय महिला लिग-२०७७ मा अमिषाले वालिङ नगरपालिका तथा चितवनमा एक चरणको राष्ट्रिय लिग-२०७८ सकिँदा त्रिभुवन आर्मी फुटबल क्लबबाट चार गोल गरेकी थिइन् । प्रशिक्षक कुमार थापाले अमिषालाई घरेलु मैदानमा डेब्यु दिन सक्ने सम्भावना उच्च रहेको छ । उनि अग्रपंक्तिमा स्टार फरवार्ड साबित्रा भण्डारीसँग देखिनेछिन् ।

२, अमृता जैशी

कैलाली जिल्लाकी अमृता हाल राष्ट्रिय महिला टोलीकी अनुभवी खेलाडी हुन् । २८ वर्षीय नेपाल पुलिस क्लबकी अमृताले नेपालको डिफेन्स लाइन सम्हाल्ने छिन् । डिफेन्स लाइनमा विपक्षी खेलाडीलाई सहजै रोक्नु र सेट पिसमा गोल गर्नु अमृताको विशेषता हो । अमृताले महिला टिमबाट ३६ खेल खेल्दा कुनै गोल गरेकी छैनन् । प्रशिक्षक थापाले उनलाई प्लेइङ सेटमै अवसर दिन सक्छन् ।  

३, अनिता बस्नेत

विभागीय टोली शसस्त्र प्रहरी बल एपिएफकी मिडफिल्डर अनिता बस्नेत अनुभवी खेलाडी हुन् । २८ वर्षीय अनिता तेह्रथुङकी हुन् । पछिल्लो समय राष्ट्रिय महिला लिगमा निरन्तर स्थान बनाएकी अनिता यस पटक समेत स्थान बनाउन सफल भएकी छिन् । बढ्दो उमेरसँगै अनिता हाल समेत आफ्नो लयलाई कायम राख्न सफल भएकी छिन् । प्रशिक्षक थापा अनिताबाट राइट विंग्समा प्रभावशाली प्रदर्शनको आशा गर्छन् ।  

४, अनिता केसी 

पछिल्लो समय अनिता केसी राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् । यद्यपि, अवसर भने कम पाउने गर्छिन् । रौतहट जिल्लाकी २५ वर्षीय अनिता एपिएफ फुटबल क्लबमा आवद्ध छिन् । राष्ट्रिय टोलीमा अनिताले १७ खेल खेलेकी छिन् । अनिता राष्ट्रिय टोलीमा वैकल्पिक स्ट्राइकरको रुपमा चिनिन्छिन् ।  

५, अन्जना रानामगर

सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु यता गोलडिफेन्डर अन्जना रानामगर नियमित सदस्य बनेकी छिन् । रौतहटकी २० वर्षीय अन्जना लगातार साफ खेल्ने टोलीमा स्थान बनाउन सफल भइन् । सिनियर टोलीमा दोस्रो रोजाइ गोलडिफेन्डर छवि बनाएकी अन्जनाले नेपालको यु-१५, १६, १८ र १९ उमेर समूहबाट खेलिसकेकी छिन् । यु-१९ टोलीको कप्तान समेत रहेकी अन्जनाले सिनियर टोलीबाट ६ खेल खेलेकी छिन् ।  

६, एन्जिला तुम्बाप्पो सुब्बा
 

सन् २०१६ बाट राष्ट्रिय टोलीमा नियमित रहेकी एन्जिला तुम्बाप्पो सुब्बा नेपाल नम्बर ‘वान’ गोलडिफेन्डर हुन् । नेपाली टिमले उनैलाई कप्तान घोषणा गरेको छ । २६ वर्षीय एन्जिला पाँचथर जिल्लाकी हुन् । हाल उनि विभागीय टोली एपिएफ क्लबमा आबद्ध छिन् । अघिल्लो राष्ट्रिय महिला लिग-२०७७ मा एपिएफ च्याम्पियन हुँदा एन्जिलाले जम्मा एक गोल बेहोरेकी थिइन् । नेपाल यु-१४ टोलीबाट समेत खेलेकी एन्जिलाले सिनियर टिमबाट ३१ क्याप जितेकी छिन् ।  

७, विमला वि.क.

उमेरले २० वर्ष लागेकी विमलाले राष्ट्रिय टोलीमा मात्र दुई क्याप जितेकी छिन् । प्रशिक्षक ग्यारी फिलिप्सले उज्वेकिस्तानमा आयोजना भएको एएफसी एसियन महिला छनोटमा विमलाई डेब्यु गराएका थिए । तनहू जिल्लाकी विमला घरेलु लिगमा भने त्रिभुवन आर्मी फुटबल क्लबबाट खेलिरहेकी छिन् । लिगमा उत्कृष्ट प्रर्दशन गरेसँगै विमला राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । विमलाले नेपालको यु-१८ र यु-१९ टिमको प्रतिनिधित्व गरिसकेकी छिन् ।

८, विमला चौधरी

त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित खेलाडी विमला चौधरीले राष्ट्रिय टोलीमा भने कम अवसर पाउँदै आएकी छिन् । कैलाली जिल्लाकी २६ वर्षीय विमलाले राष्ट्रिय टोलीबाट नौं खेल खेलेकी छिन् । यस्तै, एक गोल गरेकी छिन् । चितवनमा भएको राष्ट्रिय लिगको पहिलो चरणमा विमलाले तीन गोल गरेकी थिइन् । गत वर्षको लिगमा आर्मी दोस्रो हुँदा विमलाले १० गोल गरेकी थिइन् ।

९, दीपा शाही

घरेलु लिग र यु-१९ टोलीमा उत्कृष्ट प्रदर्शनसँगै दीपा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । हुम्लाकी दीपा राष्ट्रिय टोलीको एक्ली प्रतिनिधि पात्र हुन् । १६ वर्षकी मिडफिल्डर दीपालाई प्रशिक्षक केसीले घरेलु मैदानमा डेब्यु दिलाउन सक्छन् । नियमति कप्तान रेणुका नगरकोटेको अभाव दीपाले परिपूर्ति गर्ने सम्भावना छ ।  त्रिभुवन आर्मीबाट चितवनमा खेलेकी दीपाले दुई गोल गरेकी थिइन् । सेन्ट्रल मिडफिल्डर दीपालाई प्रशिक्षक थापाले अभ्यास क्रममा सेटमा परिक्षण गरिरहेका छन् ।

१०, दीपा राई

राष्ट्रिय टोलीकी नियमित सदस्य दीपा घरेलु मैदानमा हुने साफको २३ टोलीभित्र स्थान बनाउन सफल भएकी छिन् । त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध दीपा उदयपुरकी खेलाडी हुन् । ३३ वर्षकी दीपाले राष्ट्रिय टोलीबाट ३५ क्याप जितेकी छिन् । यस्तै, एक गोल समेत गरेकी छिन् । मिडफिल्डर दीपा मैदानको मध्यभागमा बल होल्ड गर्न र लामा सट प्रहार गर्न निकै माहिर छिन् । पछिल्लो विराटनगरमा भएको साफमा उनि टोलीको महत्वपूर्ण सदस्य थिइन् ।

११, गीता राना

बर्दिया जिल्लाकी गीता राष्ट्रिय टोलीकी डिफेन्डर हुन् । २६ वर्षकी फुल–ब्याक गीता टोलीको नियमित र अनुभवी खेलाडी हुन् । अग्लोकदकी गीतालाई रक्षापंक्तिमा बिटगर्नु विपक्षी खेलाडीकोलागि सहज पक्कै हुँदैन ।  विभागीय टोली एपिएफकी गीतालाई हाल समेत उच्च लयमा छिन् । नेपाली रक्षापंक्तिको ‘लिडर’ नै गीता हुनेछिन् । उनिसँग रक्षापंक्तिबाट प्रशिक्षक कुमारले समेत ठूलो आश गरेका छन् । गीताले राष्ट्रिय टिमबाट ३५ खेल खेलिसकेकी छिन् ।

१२, हिराकुमारी भुजेल

नाम नै हिरा । राष्ट्रिय महिला टोलीमा समेत हिराको महत्व उत्तिकै छ । उदयपुरकी हिरा डिफेन्डर हुन् । उनि लेफ्ट ब्याककी लागि परिचित छिन् ।  विराटनगरमा भएको साफमा हिराको उत्कृष्ट प्रदर्शनसँगै नेपाल फाइनमा स्थान बनाएको थियो । हिराले हालसम्म राष्ट्रिय टिमबाट ३८ खेल खेल्दा एक गोल गरेकी छिन् । काठमाडौंमा हुने साफमा समेत २७ वर्षीय हिराले नेपाली टोलीको रक्षापंक्तिको पूर्ण जिम्मेवारी पाउनेछिन् । विभागीय टोली एपिएफबाट घरेलु प्रतियोगितामा देखिने हिरा विपक्षी खेलाडीको लागि सधै मैदानमा चित्तदुखाइको विषय बन्छिन् । आफ्नो एरियामा बल रोक्दै ओभर ल्यापिङमा राम्रो क्रस गर्नु हिराको विशेषता हो ।

१३, इन्दिरा राई

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित खेलाडी इन्दिरा राईले काठमाडौंमा हुने साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी छिन् । यद्यपि, मोरङकी इन्दिराले राष्ट्रिय टोलीमा कम अवसर पाउने गरेकी छिन् । ३१ वर्षकी इन्दिरा डिफेन्सिभ मिडफिल्डर हुन् । उनि बल होल्ड गर्दै फरवार्डसम्म सहजै बल पु¥याउन सफल देखिन्छन् । यद्यपि, टोलीमा इन्दिराले प्लेइङ सेटमा अवसर भने कमै पाउने गरेकी छिन् ।

१४, मञ्जलीकुमारी योञ्जन

नेपाल महिला टोलीमा मञ्जलीकुमारी योञ्जनको नाम सधै चर्चामा रहन्छ । पासिङ, स्कोरिङ र रनिङ उत्कृष्टतासँगै समकर्मीसँग समेत मञ्जलीको सम्बन्ध सुमधुर छ । बोल्दा समेत नापेर बोल्ने मञ्जली खेल्दा भने निकै आक्रामक देखिन्छिन् । २१ वर्षीय मञ्जलीले राष्ट्रिय टिमबाट ३२ खेल खेलेकी छिन् । नेपाली महिला फुटबलको उर्भरभूमि रौतहटकी मञ्जलीले हालसम्म चार गोल गरेकी छिन् । घरेलु फुटबलमा भने उनि विभागीय एपिएफ क्लबमा अनुबन्ध छिन् । मिडफिल्डर तथा विंगर मञ्जली प्लेइङ सेटमा आफूलाई स्थापित गर्दै आएकी छिन् ।

१५, निशा थोकर

डिफेन्डर निशाले तेस्रो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । यद्यपि, हालसम्म डेब्यु अवसर पाएकी छैनन् । सेन्ट्रल डिफेन्डर निशा घरेलु मैदानमा हुने साफमा डेब्यु पर्खाइमा छिन् । उनि प्रशिक्षक कुमार थापासँग यहि आशा गर्छिन् । नेपाल यु-१५, १६, १९ हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएकी २२ वर्षीय निशा रौतहट जिल्लाकी हुन् । उमेर समूहमा भने निशाले आफूलाई प्रमाणित गरिसकेकी छिन् । राष्ट्रिय टोलीमा अमृता जैशी, गीता राना र पुनमजर्घा मगर जस्ता प्रभावशाली खेलाडी रहँदा निशाले अझै डेब्युको लागि समय कुर्नुपर्ने हुन्छ ।

१६, प्रीति राई

नेपाली फुटबलको लामो घोडाको रुपमा प्रीति राईलाई लिइएको छ । काठमाडौमा जन्मिएकी प्रीति स्कुल प्रतियोगिता हुँदै छोटो समयमै आफूलाई राष्ट्रिय टोलीमा स्थापित गर्न सफल भइन् । होचो कदकी प्रीति हाल टोलीमा रहेका अनुभवी तथा सिनियर खेलाडीलाई समेत च्यालेन्ज दिदै आएकी छिन् । नेपाल यु १५, १६, १८ र १९ टिमबाट समेत खेलिसकेकी प्रीति तेस्रो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । होल्डिङ तथा अट्याकिङ मिडफिल्डरको रुपमा परिचित प्रीति आवश्यक्ता अनुसार फरवार्ड समेत खेल्न सक्छिन् । राष्ट्रिय टोलीमा चार खेल खेल्दा प्रीतिले एक गोल गरिसकेकी छिन् ।

१७, पुनम जर्घामगर

पछिल्लो दुई प्रतियोगितामा स्वास्थ्यमा समस्या देखिएपछि पुनम जर्घामगर टिम बाहिर थिइन् । तर, स्वास्थ्य पूर्ण ठिक भएपछि पुनम राष्ट्रिय टोलीमा कमब्याक गर्न सफल भइन् । प्रशिक्षक कुमारले २९ वर्षीय पुनमलाई करिब एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गराएका हुन् । रौतहटकी पुनम त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर समेत हुन् । फुल ब्याक पुनम सेटपिसमा गोल गर्न समेत खप्पिस छिन् । हाल राष्ट्रिय टोलीमा ३५ खेल खेलेकी पुनमले १ गोल गरेकी छिन् । विराटनगरमा पुनमले सेट पिसमै श्रीलंकाविरुद्ध सुरुआती गोल गरेकी थिइन् ।

१८, रश्मीकुमारी घिसिङ

उमेर समूह तथा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसँगै फरवार्ड रश्मीकुमारी घिसिङ राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । नेपालको यु १६, १८ टिमबाट उत्कृष्ट प्रदर्शनसँगै उनि राष्ट्रिय टोलीमा स्थान बनाउन सफ भएकी हुन् । गत भदौमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा रश्मीलाई प्रशिक्षक ग्यारी फिलिप्सले डेब्यु गराएका हुन् । त्यस यता २१ वर्षीय रश्मीले विना गोल चार खेल खेलेकी छिन् । हाल घरेलु प्रतियोगिता भने रश्मीले त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्दै आएकी छिन् । ७८ सालमा आयोजना भएको महिला राष्ट्रिय लिगको पहिलो चरणमा रश्मीले सात गोल गरेकी थिइन् । ७७ मा आर्मी राष्ट्रिय लिगको उपविजेता हुँदा रश्मीले १६ गोल गरेकी थिइन् ।

१९, रेखा पौडेल
 

विराटनगरमा आयोजना भएको साफ च्याम्पियनसिपमा बेन्चबाट भुटानविरुद्ध डेब्यु गरेकी रेखाले श्रीलंकाविरुद्ध दोस्रो खेलमा पहिलो गोल गरिन् । त्यसयता रेखाले पहिलो पटक राष्ट्रिय टोलीमा कमब्याक गरेकी छिन् । करिब तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएकी २२ वर्षीय रेखाले अग्रपंक्तिमा सावित्रा भण्डारीसँग सहकार्य गर्नेछिन् । खोटाङ जिल्लाकी रेखा नेपालको यु १४, १५, १६, १८ र १९ उमेर समूहबाट खेल्दै टोलीमा आएकी हुन् । उमेर समूहमा प्रभावशाली प्रदर्शन गरेकी रेखा सिनियर टोलीमा स्थान बनाएसँगै सोहि लय प्रस्तुत गर्न सकेकी छैनन् । उनले हालसम्म ४ खेल खेल्दै १ गोल गरेकी छिन् । घरेलु प्रतियोगितामा भने रेखा नेपाल पुलिस क्लबमा आवद्ध छिन् ।

२०, सावित्रा भण्डारी

चोटबाट कमब्याक गरेकी २६ वर्षीय सावित्राले पुनः एक पटक घरेलु मैदानमा नेपाललाई उपाधि जिताउन प्रयास गर्नेछिन् । पोखरामा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)पछि सावित्रा टिम बाहिर थिइन् । गत भदौ र असोजमा नेपालले दुई मैत्रीपूर्ण सहित एएफसी एसियन कप छनोट खेल्दा सावित्रा टिम बाहिर रहिन् । एसिएल चोट बोकेपछि सावित्रा घरेलु प्रतियोगितामा फर्किएपनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कदै छिन् । हालसम्म ३८ गोल गरेकी लमजुङ जिल्लाकी सावित्रा साफमा १७ गोल गरेकी छिन् । अब, पाँच गोल गरे सावित्रा अनु लामाको अर्काे कीर्तिमान तोड्दै साफको सर्वाधिक गोलकर्ता चुनिनेछिन् ।  

२१, समिक्षा घिमिरे

समिक्षा घिमिरे पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी हुन् । विभागीय टोली नेपाल पुलिस क्लबकी डिफेन्डर समेत रहेकी समिक्षालाई घरेलु प्रतियोगिताको प्रदर्शन आधारमा टोलीमा समावेश गरेका हुन् । समिक्षा प्रशिक्षक थापाबाट घरेलु मैदानमा डेब्युको पर्खाइमा छिन् । २१ वर्षीय रौतहटकी समिक्षाले नेपालको यु १५, १६, १८ र १९ टिमबाट समेत खेलिसकेकी छिन् ।

२२, सरू लिम्बू

उमेर समूहमा नेपाली टिमको कप्तान समेत रहेकी सरू साफमा महत्वपूर्ण खेलाडी हुन् । मोरङ जिल्लाकी सरू टिमकी महत्वपूर्ण समदस्य समेत हुन् । २४ वर्षीय सरूले ३० क्याप जित्दै १ गोल समेत गरेकी छिन् । सरूले नेपालको उमेर समूह यु १४, १६, १८ र १९ टिमबाट समेत खेलेकीछिन् । मिडपिल्डर सरू आवश्यक्ता अनुसार विंगरमा समेत खेल्न सक्छिन् । यद्यपि, थापाले २४ वर्षीय सरूलाई सेन्ट्रर मिडमा खेलाउन सक्छन् ।

२३, उषा नाथ

बाजुराकी उषा विराटनगरमा आयोजना भएको महिला साफ यता टोलीमा नियमित छन् । तेस्रो रोजाइको रुपमा आफूलाई स्थापित गरेकी उषा नेपाल पुलिस क्लबमा आबद्ध छिन् । उपमेयर कपमा कैलालीबाट खेलेकी उषालाई पुलिसका प्रशिक्षक संन्जिव जोशीले क्लबमा भित्राएका थिए । अग्लोकदकी २२ वर्षीय उषाले राष्ट्रिय टोलीको सेटमा भने हालसम्म अवसर पाउन सकेकी छैनन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP