वैशाख ३०, २०८२ मंगलबार | १०:२९:५८
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

महिला साफ: यी सात स्टारमाथि रहनेछ नजर

काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । यसअघिका पाँच संस्करणजस्तै यस पटक पनि साविक विजेता भारतसहित उपविजेता नेपाल र बंगलादेशलाई पनि उपाधि दाबेदार टोलीको रुपमा हेरिएको छ ।

भारत करिब दुई साताको निलम्बनपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो भने पाकिस्तान आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो । दुवै आफ्नो पुनरागमन सुखद पार्ने लक्ष्यमा रहेका छ ।

यता माल्दिभ्स, श्रीलंका र भुटान पनि आफ्नो प्रदर्शन सुधारको लक्ष्यमा हुनेछन् । साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्न सक्ने सम्भावित चार टोलीको सफलतामा आफ्नो प्रभाव छोड्न सक्ने खेलाडीको सूची यस्तो छ ।

अदिती चौहान (भारत)

भारत महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करणसम्मको विजेता टोली हो । जो हालै मात्र दुई साताको निलम्बनपछि अन्तर्राष्ट्रिय फर्किएको छ । भारत छैटौं साफमा मैदान उत्रदा उपाधि रक्षाको लक्ष्यमा हुनेछ । जुन टोलीको प्रमुख खेलाडी गोलकिपर अदिती चौहान हुनेछिन् । 

फुटबलम आउनुअघि बास्केटबलमा रमेकी अदिती सन् २००८ देखी २०१२ सम्म भारतको यु–१९ टोलीकी प्रमुख सदस्य थिइन् । अदितीले सन् २०११ मा भारतको राष्ट्रिय महिला टोलीबाट ‘डेब्यु’ गरेकी थिइन् । उनी सन् २०१५ मा वेस्ट हमको महिला टोलीमा छनोट भएकी थिएन् । जहाँ उनले सन् २०१८ सम्म बिताएकी थिइन् । भारतले सन् २०१२, २०१६ र २०१९ मा साफ च्याम्पियनसिपको उपाधि जित्दा उनी टोलीकी सदस्य थिइन् ।

अदितीले भारतबाट उनले ५० खेल खेलिसकेकी छिन् । अदितीलाई झुक्याउँदै भारतको पोस्टमा गोल गर्न विपक्षी खेलाडीका लागि सहज हुनेछैन । हाल उनी गोकुलम केरेलाबाट व्यवसायिक फुटबल खेल्छिन् ।

साबित्रा भण्डारी (नेपाल)

दक्षिण एसियाली महिला फुटबलमा गोल मेसिनको उपनाम पाएकी स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) विगतमा झै यस पटक पनि नेपाली टोलीबाट सबै भन्दा आशा गरिएकी खेलाडी हुन् ।

उनले यसै प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय फुटबलमा पुनरागामन गर्दैछिन् । घुँडाको चोटका कारण उनी गत वर्ष सम्पन्न एफसी वुमन्स एसियन कप छनोटमा अनुपस्थित थिइन्। गत चैतमा सुरु महिला राष्ट्रिय लिगमार्फत उनी एक वर्षको अन्तरालपछि घरेलु फुटबलमा फर्किएकी थिइन् । नेपाली महिला क्लब फुटबलमा एपिएफको सफलतामा पनि साबित्राको प्रमुख भुमिका रहँदै आएको छ ।

साबित्राले सन् २०१४ मा श्रीलंकामा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनल बंगलादेशविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । उनले नेपालबाट ३८ अन्तर्राष्ट्रिय खेलमा पनि ३४ गोल गरिसकेकी छिन् ।

साबित्राको प्रदर्शनमा नेपाल साफ महिला च्याम्पियनसिपमा लागेको अभागी टोलीको ट्याग हटाउन चाहन्छ । पाँचमध्ये चार संस्करणको फाइनलमा भारतसँग निराश भएको नेपाल एक पटक भने भारतविरुद्ध नै सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

सबिना खातुन (बंगलादेश)

दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल सधै उपाधि दाबेदार टोली हुन् । यी दुईलाई चुनौती दिने एकमात्र टिम बंगलादेश मात्र हो । सन् २०१६ को साफ च्याम्पियसिपको फाइनलमा स्थान बनाए पनि बंगलादेश भारतसँग निराश भएको थियो ।

पछिल्लो समय महिला फुटबलमा उल्लेख्य सुधार गरेको बंगलादेशले यस पटक आफूलाई साफ च्याम्पियसिपको उपाधि दाबेदार टोलीको रुपमा उभ्याएको छ । जसको कप्तानी स्ट्राइकर सबिना खातुनले गर्नेछिन् ।

सबिनाले सन् २००९ मा बंगलादेशको राष्ट्रिय महिला टोलीबाट ‘डेब्यु’ गरेकी छिन् । उनी बंगलादेशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी हुन् । उनले बंगलादेशबाट २२ गोल गरेकी छिन् । उनी हाल बसुन्धारा किंग्स वुमन्स टोलीबाट व्यसायिक फुटबल खेल्छिन् ।

नदिया खान (पाकिस्तान)

मंगलबारबार सुरु हुने साफ च्याम्पियनसिपको छैटौं संस्करणसँगै नादिया खानले पाकिस्तानी महिला फुटबल टोलीबाट डेब्यु गर्दैछिन् । पाकिस्तानी महिला फुटबल टोलीले यसै प्रतियोगितामार्फत आठ वर्षको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबल पुनरागमन गर्दैछ ।

जो आफ्नो पुनरागमन लक्ष्य सार्थक पार्न चाहन्छ । पाकिस्तानको पुनरागमन सार्थक पार्ने लक्ष्यमा मिडफिल्डर नादिया प्रमुख खेलाडी बन्न सक्छिन् ।

इङ्ल्यान्डको डनकास्टर रोभर्स बेलेसबाट व्यसायिक फुटबल खेल्ने नादिया खानले वशंजका आधारमा पाकिस्तानको नागरिकता प्राप्त गरेसँगै महिला राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । उनी पाकिस्तानबाट फुटबल खेल्ने पहिलो ब्रिटिस–पाकिस्तानी महिलासमेत बन्ने छिन् ।

नादिले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्न लागेको भए पनि उनको उपस्थिति पाकिस्तानका अन्य महिला खेलाडीका लागि उत्प्रेरणा बन्नेछ ।

पाकिस्तानी महिला फुटबल टोलीले पछिल्लो पटक सन् २०१४ मा खेलेको थियो । प्राविधिक रूपमा निकै चुस्त नादिया अहिले उच्च लयमा छिन् । जुन पाकिस्तानका लागि अर्को उपहार हुनेछ।

अन्य तीन टोली माल्दिभ्स, भुटान र श्रीलंका भने प्रतियोगितामा आफूहरुमाथि लागेको कमजोर टोलीको छवि हटाउने लक्ष्यमा हुनेछन् । 

भदौ २१ गतेबाट सुरु हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् भने समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान र श्रीलंका रहेका छन् ।

पेमा छिरिङ (भुटान)

पछिल्लो समय फुटबलमा प्रगती गरिरहेको अर्को दक्षिण एसियाली टिम हो भुटानी । प्रतियोगिताको छैटौं संस्करणमा केही अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यसहित नेपाल आइपुगेको भुटानी टिमकी कप्तान पेमा छिरिङ ‘प्लेयर टू वाच’ मा पर्छिन् ।

२४ वर्षीय स्ट्राइकर पेमाले भुटानको थिम्पु सिटी एफसीबाट घरेलु प्रतियोगिता खेल्दै आइरहेकी छिन् ।

परिवार नै फुटबलमा लागेको पेमाको बुवा थिम्पु सिटी एफसीका अध्यक्ष हुन् भने उनका भाई आर्गेन वाङचुक छिरिङले पनि भुटान राष्ट्रिय पुरुष टिममा स्थान बनाइसकेका छन् ।

प्रतियोगिताका लागि सबैभन्दा पहिले नेपाल आइपुगेको भुटानी टिमकी कप्तान पेमाले यस संस्करण सुखद नतिजा निकाल्नेमा आशावादी रहेको बताएकी थिइन् ।

भुटानले उद्घाटन खेलमा भदौ २१ गते नेपालविरुद्ध र २४ गते श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

अमिनाथ लिजा (माल्दिभ्स)  

माल्दिभ्सकी पूर्व कप्तान फादुवा जहिरको अनुपस्थितिमा यसपाली गोलकिपर लिजाले टिमको नेत्तृत्व सम्हाल्दै छिन् ।

माल्दिभ्सले महिला फुटबल टिम बनाएदेखि नियमित सदस्य रहँदै आएकी जहिरबाट नेतृत्वको जिम्मेवारी लिएकी लिजाले प्रतियोगिताका लागि टिम तयार भएको बताइन् । सन् २००३ मा राष्ट्रिय टिम बनाएको माल्दिभ्सले २००४ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । यो माल्दिभ्स महिला टिमको मात्र नभई जहिरको पनि ‘डेब्यु’ खेल थियो ।

समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तानसँगै परेको माल्दिभ्सका लागि लिजा महत्वपूर्ण खेलाडी हुन् ।

प्रविना परेरा (श्रीलंका)

सन् २०१२ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेकी प्रविना परेरा श्रीलंकन टिमकी महत्वपूर्ण मिडफिल्डर हुन् । मिडफिल्डमा बल होल्ड गर्नसक्ने र गोल पनि गर्न गर्न सक्ने प्रविनाले हालसम्म श्रीलंकन टिमबाट आठ गोल गरिसकेकी छिन् । 

उनले साफ च्याम्पियनसिपमा मात्र हालसम्म श्रीलंकन टिमका लागि चार गोल गरेकी छिन् ।

२६ वर्षीय प्रविनाले सन् २०१२ देखिको साफ महिला च्याम्पियनसिपमा श्रीलंकन टिमको प्रतिनिधित्व गर्दै आएकी छिन् ।

नेपालसँगै समूह ‘बी’ मा रहेको श्रीलंकाले भदौ २४ गते भुटानसँग र भदौ २७ नेपालसँग खेल्ने तालिका छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP