वैशाख ३०, २०८२ मंगलबार | १०:०८:०३
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

‘लक्ष्य उपाधि नै हो’

काठमाडौं । नेपाली यु १७ टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले दक्षिण एसियाली फुटबलमा सिनियर टोलीतर्फ भारतको दबदबा रहे पनि उमेर समूहमा भने सबै राष्ट्रको स्तर समान भएको बताएका छन् ।

श्रेष्ठको प्रशिक्षणमा नेपालले आइतबारबाट श्रीलंकाको कोलम्बोमा हुने साफ यु १७ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । समूह बी मा रहेको नेपालले बुधबार(भदौ२२) मा भुटान र (शुक्रबार)भदौ) मा भारतको सामना गर्दैछ ।

विगतमा एन्फा एकेडेमी (सातदोबाटो) सञ्चालनमा रहँदा त्यही एकेडमीमा रहेका खेलाडीहरुले उमेर समूहमा प्रतिस्पर्धा गर्ने भए पनि त्यो कार्यक्रम बन्द रहेकाले अहिले भने खुला छनोटबाट उमेर समूहका लागि खेलाडी छनोट गरिएको हो । गत महिना साफ यु २० च्याम्पियनसिपमा पनि नेपाली टोलीको निर्माण खुला छनोटबाट आएका खेलाडीहरुमध्येबाट गरिएको थियो ।

यु १७ को खुला छनोटमा धरान र बुटवलमा सञ्चालनमा रहेको एन्फा एकेडेमीका खेलाडी तथा बाहिरका खेलाडी गरि करिब १७ सय खेलाडी सहभागी थिए । जसबाट बुधबारमात्र प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । जसमा धरान र बुटवलमा सञ्चालनमा रहेको एन्फा एकेडेमीबाट ९ खेलाडी छनोट भएकाछन् भने अन्य खेलाडी बाहिरबाट आएका हुन् ।

प्रशिक्षक श्रेष्ठ नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नेमा विश्वस्त छन् ।

'नेपालले उमेर समूहका विभिन्न प्रतियोगितामा आफूलाई अब्बल टोलीको रुपमा उभ्याउँदै आएको छ । केही प्रतियोगिताको उपाधि समेत जितेको छ,’ श्रेष्ठले भने, ‘जुन हाम्रा लागि सकारात्मक चुनौती हो ।’

‘उमेर समूहको प्रतियोगितामा दक्षिण एसियाका सबै राष्ट्रको स्तर लगभग एउटै छ,’ श्रेष्ठले भने, ‘हामीले करिब एक महिनादेखि निरन्तर प्रशिक्षणमा छौं । धरान र बुटबलमा सञ्चालनमा रहेको एकेडेमीबाट ५४ खेलाडी छनोटमा सहभागी भएका थिए । यु १३ बाटै उनीहरु त्यहाँ प्रशिक्षणरत थिए । त्यसैले हामीले छनोट हुने २३ खेलाडी मध्ये अधिकांश खेलाडी एकेडेमीकै हुने अनुमान गरेका थियौँ । तर उनीहरुभन्दा बाहिरबाट आएका खेलाडी अब्बल देखिए । जुन टोलीकै लागि फाइदाको कुरा हो । हामी उनीहरुको आगमनले उत्साही छौं ।’

श्रेष्ठले उमेर समूहमा यसअघिका प्रतियोगितामा नेपाल सधैँ दाबेदार टोली रहनुले केही दबाब पनि भएको बताए ।

‘नेपालले उमेर समूहका विभिन्न प्रतियोगितामा आफूलाई अब्बल टोलीको रुपमा उभ्याउँदै आएको छ । केही प्रतियोगिताको उपाधि समेत जितेको छ,’ श्रेष्ठले भने, ‘जुन हाम्रा लागि सकारात्मक चुनौती हो ।’

श्रेष्ठले साफ यु १७ आफूहरुका लागि अक्टोबर पहिलो साताबाट भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट २०२३ को पूर्वतयारी पनि भएको बताए ।

यो प्रतियोगिता साफ यु १५र यु १६ च्याम्पियनसिपको सातौ संस्करण हो । सातौं संस्करण सम्म आइपुग्दा नेपालले अहिले सम्म प्रतियोगिताको उपाधि जितेको छैन । सन् २०१३, १०१७ र २०१९ मा नेपाल फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग पराजित भएको थियो ।

‘हाम्रो लक्ष्य प्रतियोगिताको उपाधि जित्नु नै हो,’ उनले भने, ‘साथै यो प्रतियोगिता अक्टोबर पहिलो साताबाट भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट २०२३ को पूर्वतयारी समेत हो । जसबाट हामीले टोलीको बलियो पक्ष र कमजोर पक्ष के रहेछ कुन खेलाडीको क्षमता कस्तो रहेको छ भन्ने अझ विस्तृतमा थाहा पाउँछौ । किनभने उमेर समूहका खेलाडीले धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका हुँदैनन् ।सबैका लागि यो नै पहिलो प्रतियोगिता समेत हो ।’

यो प्रतियोगिता साफ यु १५र यु १६ च्याम्पियनसिपको सातौ संस्करण हो । सातौं संस्करण सम्म आइपुग्दा नेपालले अहिले सम्म प्रतियोगिताको उपाधि जितेको छैन । सन् २०१३, १०१७ र २०१९ मा नेपाल फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग पराजित भएको थियो ।

भारतले तीन पटक प्रतियोगिताको उपाधि जित्दा बंगलादेशले दुई पटक प्रतियोगिताको उपाधि जितेको छ ।

समूह ए मा भने आयोजक श्रीलंकासहित बंगलादेश र माल्दिभ्स रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलका खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते हुनेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP