माघ १६, २०८२ शुक्रबार | १६:०२:४८
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

बार्सिलोनाको उपाधि खडेरी तोड्ने लेवान्डोवस्कीको दाबी

मड्रिड । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले यसै सिजनमै बार्सिलोनाको उपाधि खडेरी तोड्ने दाबी गरेका छन् । 

यसै सिजन मात्र जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीकले बार्सिलोना  उत्कृष्ट खेलाडीको बाहुल्यता भएको टोली भएकाले  जुनसुकै प्रतियोगिताको पनि उपाधि जित्न सक्षम रहेको  बताए ।

लेवान्डोवस्कीले शनिबार रायो भालेकानोविरुद्धको खेलसँगै बार्सिलोनाबाट ला लिगामा डेब्यु गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । लेवान्डोवस्कीले गरेको एक गोल भिएआरले अस्विकृत गरेको थियो भने उनको एउटा प्रहार बारमा लागेर फर्किएको थियो । 

बार्सिलोनाले पछिल्लो पटक सन् २०१८-१९ सिजनमा ला लिगाको उपाधि जितेको थियो । त्यसयता भने बार्सिलोनाले ला लिगाको उपाधि जित्न सकेको छैन । गत सिजन दोस्रो स्थानमा रहेको बार्सिलोना लिग च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि परेको थियो । 

सन् २०२१ मा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई ४-० ले निराश पार्दै कोपा डेल रे को उपाधि जितेको थियो ।पछिल्लो १६ महिना देखी बार्सिलोनाले कुनै पनि उपाधि जित्न सकेको छैन ।

लेवान्डोवस्कीले भने बार्सिलोनाको उपाधि खडेरी यसै सिजन तोडिने दाबी गरे ।

‘बार्सिलोनाले कुनै पनि प्रतियोगिताको उपाधि नजितेको लामो समय भैसकेको छ’,लेवान्डोवस्कीले भने, ‘यस सिजन हामी उपाधी खडेरी तोड्ने छौ । म टोलीको सफलताका लागि शतप्रतिशत दिनेछु ।'

बायर्नमा आठ सिजन बिताएका लेवान्डोवस्कीले सात पटक बुन्डेसलिगा जितेका थिए ।  बार्सिलोनाले आइतबार रियाल सोसिडाडको भ्रमण गर्नेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।