चैत्र १३, २०८२ शुक्रबार | ०४:१७:५४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

बार्सिलोनाको उपाधि खडेरी तोड्ने लेवान्डोवस्कीको दाबी

मड्रिड । स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले यसै सिजनमै बार्सिलोनाको उपाधि खडेरी तोड्ने दाबी गरेका छन् । 

यसै सिजन मात्र जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिखबाट क्याम्प नोउ भित्रिएका लेवान्डोवस्कीकले बार्सिलोना  उत्कृष्ट खेलाडीको बाहुल्यता भएको टोली भएकाले  जुनसुकै प्रतियोगिताको पनि उपाधि जित्न सक्षम रहेको  बताए ।

लेवान्डोवस्कीले शनिबार रायो भालेकानोविरुद्धको खेलसँगै बार्सिलोनाबाट ला लिगामा डेब्यु गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । लेवान्डोवस्कीले गरेको एक गोल भिएआरले अस्विकृत गरेको थियो भने उनको एउटा प्रहार बारमा लागेर फर्किएको थियो । 

बार्सिलोनाले पछिल्लो पटक सन् २०१८-१९ सिजनमा ला लिगाको उपाधि जितेको थियो । त्यसयता भने बार्सिलोनाले ला लिगाको उपाधि जित्न सकेको छैन । गत सिजन दोस्रो स्थानमा रहेको बार्सिलोना लिग च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि परेको थियो । 

सन् २०२१ मा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई ४-० ले निराश पार्दै कोपा डेल रे को उपाधि जितेको थियो ।पछिल्लो १६ महिना देखी बार्सिलोनाले कुनै पनि उपाधि जित्न सकेको छैन ।

लेवान्डोवस्कीले भने बार्सिलोनाको उपाधि खडेरी यसै सिजन तोडिने दाबी गरे ।

‘बार्सिलोनाले कुनै पनि प्रतियोगिताको उपाधि नजितेको लामो समय भैसकेको छ’,लेवान्डोवस्कीले भने, ‘यस सिजन हामी उपाधी खडेरी तोड्ने छौ । म टोलीको सफलताका लागि शतप्रतिशत दिनेछु ।'

बायर्नमा आठ सिजन बिताएका लेवान्डोवस्कीले सात पटक बुन्डेसलिगा जितेका थिए ।  बार्सिलोनाले आइतबार रियाल सोसिडाडको भ्रमण गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो