वैशाख ३०, २०८२ मंगलबार | १०:०४:५८
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

साबित्राको डेब्यु यात्रा

काठमाडौं । टिममा १० नयाँ खेलाडीलाई समेट्दै साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ पाकिस्तान पुगेको नेपाली महिला टोलीले पुनः त्यो सपनालाई साकार पार्न सकेको थिएन ।

सो टिममा वर्तमान नेपाली महिला फुटबलमा ‘गोल मेसिन’ को उपनामले परिचित साबित्रा भण्डारी (साम्बा) पहिलो पटक परेकी थिइन् । साफ च्याम्पियनसिपको सेमिफाइनलमा उनले डेब्यु गर्ने मौका पाइन् । उनले कप्तान अनु लामालाई परिवर्तन गर्दै मैदान छिरेकी थिइन् ।

डेब्यु खेलमै एक गोल गरेकी साबित्रालाई सुरुआती खेलबाटै मौका दिनुपर्नेमा पूर्व प्रशिक्षक कुमार कटुवाललाई अझै पनि थकथकी लाग्छ ।

‘अहिले पनि सम्झिँदा बेला–बेलामा नराम्रो लाग्छ । त्यो बेलामा सुरुआतदेखि नै साबित्रालाई मैदानमा उतार्न पाएको भए अझ राम्रो हुन्थ्यो होला,’ उनले भने, ‘नयाँ खेलाडीको बाहुल्यता भएको टिमलाई लिएर गएको त्यसमाथि पनि जित्नै पर्ने दबाब थियो । एक साताको प्रशिक्षणले पनि राम्रै भएको थियो । सिनियर खेलाडीले पनि हामी जित्छौ होला भनेका थिए । त्यसले गर्दा मलाई पनि एक्सपेटेसन हाई भयो ।’

२०७१ असोजमा भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा भारतलाई ६–० को फराकिले नतिजा सुम्पिएको थियो । सात दिनको प्रशिक्षण लिएर नयाँ खेलाडीलाई समेट्दै टिम पाकिस्तान पुगेको थियो ।

तेस्रो संस्करणकको साफअन्तर्गत पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा साबित्राले एक गोल गरेकी थिइन् ।

उनी त्यो बेलामा कप्तान अनु लामाको स्थानमा मैदान प्रवेश गरेकी थिइन ।डेब्यु खेलमै राम्रो प्रदर्शन गरेकी साबित्राजस्तै बाँकी खेलाडी पनि भएको भए भारतलाई फाइनलमा पराजित गर्न सकिन्थ्यो भन्ने अहिले प्रशिक्षक कटुवाललाई महसुस हुन्छ ।

‘नयाँ खेलाडी, अनुभव पनि छैन भनेर साबित्रालाई सुरुआतदेखि नै खेलाइन । डेब्यु खेलमै उसले सोचेकोभन्दा धेरै राम्रो खेलिन् । उसले खेलेपछि नेपाली टिमको खेल्ने शैली नै फरक भयो । डेब्यु खेलमै गोल पनि गरिन । उनीसँगै अनितालगायतका नयाँ खेलाडीलाई परिवर्तन गर्दै खेलाएको भए राम्रो हुने थियो,’ कटुवालले खेलाडीसँग भने ।

त्यतिबेला गोलको वर्षा भनेर उपनाम दिएका कटुवालले साबित्रा नेपाली फुटबलले पाएको सबैभन्दा राम्रो खेलाडी भएको दाबी गरे ।

२०७१ असोजमा भएको साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक फाइनलमा भारतलाई ६–० को फराकिले नतिजा सुम्पिएको थियो । सात दिनको प्रशिक्षण लिएर नयाँ खेलाडीलाई समेट्दै टिम पाकिस्तान पुगेको थियो ।

‘टिममा प्राय सबै खेलाडी नयाँ थिए । सिनियर टिमका खेलाडी कसैले छोडिसकेको, कोही विदेश गएका थिए । एपिएफबाट मिसनमा जाने खेलाडीहरु धेरै थिए । त्यो बेलामा साबित्रा भण्डारी र अनिता बस्नेत पनि राम्रै थिए । साबित्रा चै त्यहीं बेलामा विशेष थिइन् । उनको खेल्नै शैली असाधारण थियो । अरुभन्दा भिन्न क्षमता थियो,’ उनले भने, ‘भर्खरै गाउँबाट एपिएफकी आएकी थिइन् । प्रशिक्षणको बेलमा अरु खेलाडीभन्दा भिन्न शैली र क्षमता देखाउथिन् ।’

पूर्व कप्तान अनुको ३५ गोलको कीर्तिमान तोडेकी साबित्राको तीव्र गति, स्ट्रेन्थ र व्यक्तिगत रुपमा सबै कुरामा उत्कृष्ट भएको कटुवालले बताए ।

‘त्यति बेला सबित्रा १६–१७ वर्षकी थिइन् । तीव्र गति, स्ट्रेन्थ, सुटिङ भएपछि खेलाडी पूर्ण हुन्छ । साबित्राको सुटिङ, हेडिङ तथा व्यक्तिगत रुपमा सबै कुरा राम्रो छ । ड्रिभलिङमा कमी देखिए पनि बल पाएपछि तीव्र गतिमा लगेर सुटिङ हान्ने क्षमता थियो,’ कटुवालले भने, ‘खेलाडी भएपछि खेल मात्र राम्रो भएर हुँदैन । अनुशासन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । उ धेरै अनुशासित छ । साबित्रा मेरो नजरमा हरेक पक्षबाट राम्रो छ । आफूभन्दा ठूलोलाई सम्मान गर्ने, सानोलाई माया गर्ने, बोल्ने अरुलाई गर्ने व्यवहार राम्रो छ ।’

त्यतिबेला गोलको वर्षा भनेर उपनाम दिएका कटुवालले साबित्रा नेपाली फुटबलले पाएको सबैभन्दा राम्रो खेलाडी भएको दाबी गरे ।

‘दक्षिण एसियाली खेलकुदमा महिला खेलाडी तीव्र गतिका हुँदैेनन् । साम्बा जतिको तीव्र गतिको खेलाडी अरु कोही छैनन् । शल्यक्रिया गरेर आएपछि उसको खेल हेरेको छैन । त्यसअघि उसको प्रत्यक्ष हेर्दा वाा टिभीमा हेर्दा साबित्राको खेल असाधारण थियो । अहिलेसम्म उ जत्तिको खेलाडी दक्षिण एसियामा नै छैन,’ उनले भने ।

साफ च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ गतेबाट हुने तय भएपछि नेपाली महिला टिम अहिले प्रशिक्षणमा छन् । घुँडाको शल्यक्रियापछि साबित्रा लामो समयपछि बन्द प्रशिक्षणमा परेकी हुन् ।

जसले गर्दा घरेलु मैदानमा हुने प्रतियोगिताले टोलीलाई केही फाइदा र उपाधि जित्नेमा आशावादी छन् । तर, त्यसको लागि टिमले नै कडा मिहेनत र एकअर्कामा समन्वय हुनुपर्ने उनले बताए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP