वैशाख ३०, २०८२ मंगलबार | १०:१३:४२
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

साफ महिला च्याम्पियनसिपः ‘भारतलाई हराउन सकिन्छ’

काठमाडौं । भुटानसँग खेल्दै आयोजक नेपालले एक महिनापछि दशरथ रंगशालामा सुरु हुने साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणको सुरुआत गर्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । नेपालको उपाधि यात्रामा सधैँ बाधक बन्दै आएको भारतलाई पराजित गर्नु नेपाली टिमका लागि प्रमुख चुनौती हुनेछ । त्यसो त, पछिल्लो समय सुधारोन्मुख देखिएको बंगलादेशलाई पनि कमजोर मान्न सकिँदैन ।

राष्ट्रिय महिला टिमका पूर्व प्रशिक्षक कुमार कटवाल टिममा साबित्रा भण्डारी (साम्बा) र युवा फरवार्ड रेखा पौडेलको राम्रो संयोजन रहे नेपालले भारतलाई चुनौती दिन सक्ने बताउँछन् ।

‘नेपालमा साबित्रापछि रेखा उत्कृष्ट स्ट्राइकरमा पर्छ । रेखालाई टिममा राख्नै पर्छ । रेखा टिममा भयो भने साबित्रालाई धेरै सजिलो हुन्छ । गत वर्ष कोभिड १९ को संक्रमणका कारण र त्योभन्दा अगाडिको साफमा पनि परिनन् । त्यसो गरेमा खेलाडीको जीवन बिग्रिन्छ, बर्बाद हुन्छ र देशलाई पनि घाटा छ,’ सन् २०१६ मा भएको साफ च्याम्पियनसिपमा प्रशिक्षक रहेका कटवालले खेलाडीसँग भने, ‘साबित्रा र रेखालाई अगाडि राखेर खेलायो भने भारतलाई कडा चुनौती दिन सक्छौ । नेपालले जित्ने सम्भावना पनि हुन्छ । नत्र गाह्रो हुन्छ । प्राविधिक र रणनीति पूर्वक खेल्ने खेलाडी र बलबुताले खेल्ने खेलाडी फरक हुन्छन् ।’

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार जारी रहेको समूह विभाजनमा भारत समूह ‘ए’ मा परेको छ । साविक विजेता भारत नेपालको उपाधि लक्ष्यमा सदाबहार तगारो हो ।

महिला फुटबलमा आफ्नो जीवनको एक दशक बिताएका कटवालले सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए । त्यसअघि उनले कतार र कुवेतसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो पटक राष्ट्रिय टिमको नेतृत्व गरेका थिए ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार जारी रहेको समूह विभाजनमा भारत समूह ‘ए’ मा परेको छ । साविक विजेता भारत नेपालको उपाधि लक्ष्यमा सदाबहार तगारो हो ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको साविक उपविजेता नेपालले यो पटक घरेलु मैदानमा भारतलाई हराउने र उपाधि जित्ने प्रमुख लक्ष्यसहित मैदानमा उत्रिने छ ।

तर, यो पटक नेपाललाई बंगलादेशको पनि चुनौती हुने पूर्व प्रशिक्षक कटवाल बताउँछन् ।

‘नेपालले भुटान र श्रीलंकालाई जित्छ । पहिलादेखि जित्दै आएको पनि छ । हामी समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने सम्भावना बलियो छ । अर्काे समूहबाट बंगलादेश र भारत आउँछन् । भारत समूह उपविजेताको रुपमा आयो भने नेपालसँग सेमिफाइनलमा नै प्रतिस्पर्धा गर्छ । यदि समूह विजेताको रुपमा आयो भने फाइनलमा भेट्छौ,’ उनले भने, ‘बंगलादेशले भारतमा भएको यु १९ प्रतियोगितामा नेपाललाई हराइसकेको छ । यसको मतलव बंगलादेश राम्रो भइसक्यो । बंगलादेशले सेमिफाइनलमा नेपाललाई कडा चुनौती नै दिने आंकलन गर्न सकिन्छ ।’

साफको लागि एन्फाले कुमार थापाको नेतृत्वमा ५८ खेलाडीलाई बोलाएको थियो । सोही प्रतियोगिताबाटै चोटका कारण लामो सयम मैदान बाहिर रहेकी साबित्राले राष्ट्रिय टिममा पुनरागमन गर्नेछिन् । दक्षिण एसियामा आफ्नो छाप छोडिसकेकी साबित्राको उपस्थिति बंगलादेशसँगको खेलमा नेपाललाई जित दिलाउन पर्याप्त हुने उनले दाबी गरे ।

‘साबित्राजस्तो खेलाडी उत्पादन गर्नको लागि विभिन्न गाउँ, ठाउँ गएर बलियो खेलाडी खोजेर ल्याउनुपर्छ । त्यस्ता खेलाडीलाई चार वर्ष प्रशिक्षण गराउन सकेमा महिला फुटबल माथि आउँछ । नत्र राजधानीमै सीमित खेलाडी बोलाएर र राष्ट्रिय टिमका खेलाडी राखेर प्रशिक्षण गरायौ भने यस्तै हुन्छ,’ उनले भने ।

राष्ट्रिय पुरुष टिमका पूर्व कप्तानसमेत रहेका मुख्य प्रशिक्षक थापाले भने खेलाडीको इख र घरेलु समर्थकको साथ नेपालले उपाधि जित्न प्रेरित गर्ने औजार भएको बताउँछन् ।

नेपालले साफ च्याम्पियनसिपको छैटौं संस्करणसम्म आइपुग्दा भारतसँग कुल १७ गोल खाएको छ भने तीन गोल फर्काएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP