चैत्र १४, २०८२ शनिबार | ०२:४५:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पूर्व अध्यक्ष थापालाई फुटबल गतिविधिमा नलाग्न फिफाको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबल सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ ।

बुधबार अध्यक्ष थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका सदस्य संस्था प्रमुख केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् ।

१० वर्ष प्रतिबन्ध भोगिरहेका थापाले गत साता मात्रै पत्रकार सम्मेलनको गरेर आफूमाथि लागेका आरोप सावित गर्न चुनौती दिएका थिए ।

‘प्रतिबन्ध रहेसम्म एन्फा र यसका सदस्य संस्थाहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गरेको छ,’ फिफाको पत्रमा उल्लेख छ ।

पत्रमा थापाले फिफाको निर्देशन उल्लंघन भए फिफाको अनुशासन कमिटीमा जानकारी गराउन एन्फालाई निर्देशन दिएको छ ।

फिफाको अनुशासन कमिटीले थापामाथि उपहार तथा अन्य सुविधाको बहानामा घुसखोरी र भ्रष्टचार गरेको ठहर गर्दै १० वर्षका लागि कुनै पनि फुटबलसँग सम्बन्धित गतिविधिमा १० वर्ष प्रतिबन्ध लगाएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो