काठमाडौं । एटलेटिको म्याड्रिडले डिफेन्डिङ च्याम्पियन बार्सिलोनालाई कोपा डेल रेको पहिलो लेगको सेमिफाइनलमा ४–० ले पराजित गरेको छ ।
बिहीबार खेलका चारै गोल पहिलो हाफमा भएको थियो । एरिक गार्सियाको आत्मघाती गोलले एटलेटिकोले अग्रता लिएको थियो । एटलेटिकोको लागि एन्टोन ग्रिजमन, एडेमोल लुकमन र जुलियन एल्भारेजले एक एक गोल थपे ।
खेलको अन्त्यतिर बार्सिलोना दस खेलाडीमा सीमित भएको थियो । खेलको ८५ औं मिनेटमा गार्सिया रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
अब दोस्रो लेगको सेमिफाइनल बार्सिलोनाको घरमा मार्च ३ मा हुनेछ । त्यसमा घरेलु टिमलाई चार गोलले पछाडि रहेको स्थिति उल्टाउने चुनौती हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
