काठमाडौं । युवा ओपनर अभिषेक शर्मा चम्किएपछि भारतले पाँच खेलको ट्वान्टी २० शृंखलामा विजयी सुरुवात गरेको छ । पहिलो ट्वान्टी २० खेलमा न्युजिल्यान्डलाई ४८ रनले हराएपछि भारतले शृंखलामा १–० को अग्रता बनायो ।
टस हारेर ब्याटिङ गरेको भारतको लागि प्लेयर अफ दि म्याच अभिषेकले ३५ बलमा ८४ रनको योगदान गरेका थिए । उनले दुई क्याच पनि लिए ।
भारतले ७ विकेट गुमाउँदै दुई सय ३९ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्यान्डले सात विकेट गुमाउँदा मात्र एक सय ९० रन बनायो ।
अभिषेकले ३५ बलमा पाँच चौका र ८ छक्कासहित सर्वाधिक ८४ रन बनाए । रिन्कु सिंहले २० बलमा अविजित ४४ रन बनाए । अभिषेकले कप्तान सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । सुर्यकुमारले ३२ रन जोडे ।
न्युजिल्यान्डका ज्याकब डुफी र काइले जेमिन्सनले समान २ विकेट लिएका थिए ।
जवाफमा न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ७८ रन जोडे । उनले ४० बलमा चार चौका र ६ छक्का हिर्काएका थिए । कार्म चापम्यानले ३९ रनको योगदान गरे ।
भारतका वरुण चक्रवर्ती र शिभम दुबेले समान दुई विकेट लिएका थिए ।
अब, दोस्रो खेल शुक्रबार राइपुरमा आयोजना हुनेछ ।
