पुस ९, २०८२ बिहीबार | १७:१६:२४
कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत कुल्दीपको नयाँ गन्तव्य सातदोबाटो सन्तोष एपिएफको जर्सीमा देखिने एपिएफको जिम्मेवारी तामाङलाई एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजले श्री भगवतीलाई हरायो शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता हेल्प नेपालबाट पाकिस्तानका तीन खेलाडी खेल्ने न्यु डायमन्डको कप्तान सलिना, प्रतिभाले कमब्याक गर्ने धिरजले बुढानिलकण्ठबाट खेल्ने एनभिए लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा हेल्प नेपाल र एपिएफ खेल्ने क्यामरुनको विजयी सुरुआत

एपिएफको जिम्मेवारी तामाङलाई

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले आसन्न एन्फा राष्ट्रिय लिगका लागि राजेन्द्र तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एपिएफले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक तामाङलाई टचलाइनको जिम्मेवारी दिएको घोषणा गरेको हो ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I