पुस ४, २०८२ शनिबार | २१:०२:०३
एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन साफ महिला क्लब च्याम्पियनसिप फाइनलः इस्ट बङ्गालविरुद्ध पहिलो हाफमा एपिएफ दुई गोलले पछाडि लुम्बिनी फुटबल एकेडेमी र फ्रेन्चबिच सम्झौता अञ्जिलाको कप्तानीमा सेथुको सानदार सुरुआत सावित्राको अस्ट्रेलियन ‘ए’ लिगमा पहिलो गोल गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो

एपिएफलाई हराउँदै इस्ट बङ्गाल साफ महिला क्लब च्याम्पियनसिपको च्याम्पियन

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपाधिबाट विमुख भएको छ । शनिबार सम्पन्न क्लब च्याम्पियनसिपको फाइनलमा नेपाल एपिएफ क्लबले भारतको इस्ट बङ्गाल एफसीसँग ३–० को हार बेहोर्यो ।

एपिएफले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार घरेलु समर्थकलाई निराश पार्यो । तीन व्यक्तिगत गल्ती एपिएफको हारको प्रमुख कारण रह्यो । सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी स्ट्राइकर फाजिला इक्वापुटले दुई गोल गरिन् । एक गोल मिडफिल्डर सिल्की देवी हेममको नाममा रह्यो ।

सुरुआती दुई गोलमा लेफ्ट ब्याक मनमाया दमाईको गल्ती एपिएफलाई भारी भयो । खेलको २१औं मिनेटमा इक्वापुटले ब्रेकथ्रु दिलाइन् । राइट ब्याक सरीता युमनामको लोफ्टेड पासलाई मनमायाले हेडरमार्फत क्लियर गर्न खोजेकी थिइन् । जसमा उनी सफल हुन सकिनन् । यसको फाइदा इक्वापुटले उठाइन् । इक्वापुटको प्रहार सेन्टरब्याक गीतासँग ठोक्किँदै गोलमा परिणत भयो ।

३५औं मिनेटमा इस्ट बङ्गालले अग्रतालाई दोब्बर बनायो । कर्नर बललाई क्लियर गर्नका लागि दौडिएकी मनमाया फेरि पनि असफल भइन् । जसको फाइदा भारतीय भेट्रान सेन्टरब्याक आशलता देवीले उठाइन् । मनमायाबाट बल खोस्दै उनले पेनाल्टी बक्समा बललाई क्रस गरिन् । उक्त क्रसमा मिडफिल्डर सिल्की देवी हेममले गरेको हेडरले एपिएफकी गोलकिपर अञ्जना रानामगर बिट भइन् ।

दोस्रो हाफको १६ सेकेन्ड पनि बित्न नपाउँदै इस्ट बङ्गालले तेस्रो गोल गर्यो । यसपाली अञ्जनाको बिर्सनलायनक गल्तीका कारण इस्ट बङ्गालले यसपाली गोलको खुसी मनायो । इक्वापुटको फितलो प्रहार अञ्जनाको टाङमूनिबाट जाँदा गोल सम्भव भएको थियो ।


भिडियो
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX