काठमाडौं । एपिएफलाई इतिहास रच्ने अवसर काठमाडौं । भारत र बंगलादेश दुबैले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्दैछ । महादेशीय प्रतियोगितामा दुबै पहिलो अनुभव बटुल्दैछन् । उता छनोट प्रतियोगितामा उज्वेकिस्तानसँग दूर्भाग्यजनक हार बेहोरेपछि नेपालको एसियन कप खेल्ने सपना भने साकार हुन सकेन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल खेल हुँदैछ । उपाधिका लागि भिड्दैछन् नेपाल एपिएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब । राउन्ड रोविन प्रतिस्पर्धापछि सहभागी अन्य तीन टोलीलाई पछाडि पार्दै यी दुईले फाइनलमा स्थान बनाएका हुन् ।
राष्ट्रिय खेलाडीहरुले भरिएको टोली भनेर उनीहरुले एपिएफलाई सम्बोधन गरिरहे । जसले एपिएफनै प्रतियोगिताको प्रमुख दाबेदार हो भन्ने कुरा प्रष्ट देखाउँछ ।
प्रतियोगितामा बंगलादेशको प्रतिनिधित्व गरेको थियो, लिग च्याम्पियन नासरिन स्पोर्टस एकेडेमीले । सवीना खातुन, सुमया मात्सुसिमा, शमसुन्नाहर, रितु पोर्ना चक्मा, मारिया मान्दा, मोनिका चक्मा, सञ्जीता अख्तरलगायत राष्ट्रिय टोलीका चर्चित अनुहारको बाहुल्यमा नासरिन लिग च्याम्पियन भएको थियो । तर, सञ्जीताबाहेक अन्य अनुहार साफ च्याम्पियनसिपका लागि काठमाडौं आएनन् ।

सञ्जीताले टोलीको नेतृत्व गरिन् । उनको टोलीमा उमेर समूहमा बंगलादेशको प्रतिनिधित्व गरिरहेका खेलाडीहरु थिए । बंगलादेश अहिले एसियन कपका लागि तयारी गरिरहेको छ । त्यसैले प्रमुख खेलाडीहरु त्यसैका लागि सिनियर टोलीको क्याम्पमा रहेको बताइएको छ । त्यस्तै जति पनि काठमाडौं आए, ती खेलाडीलाई पनि बंगलादेशले सिनियर टोलीको ‘एक्सपेरिमेन्ट’का लागि पठाएको बुझिएको छ । भारतको हकमा पनि वर्तमान कप्तान स्वीटी देवी नगाङबम, संगीता बास्फोरे जस्ता अनुभवी अनुहारहरु दशरथ रंगशालामा देखिएका छैनन् ।
एपिएफले नासरिन र पाकिस्तानको कराँची सिटीलाई हराएको थियो । त्यसैगरी भुटानको ट्रान्सपोर्ट युनाइटेड र इस्ट बङ्गालसँग गोलरहित बराबरी खेलेको थियो । खेलपश्चात् हुने हरेक ‘पोस्ट म्याच कन्फरेन्स’मा विपक्षी प्रशिक्षकबाट एउटै अभिव्यक्ति सुनिन्थ्यो । राष्ट्रिय खेलाडीहरुले भरिएको टोली भनेर उनीहरुले एपिएफलाई सम्बोधन गरिरहे । जसले एपिएफनै प्रतियोगिताको प्रमुख दाबेदार हो भन्ने कुरा प्रष्ट देखाउँछ ।
यस्तोमा एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेलाई शनिबार उपाधिको दबाब कत्तिको छ त ? पाण्डे यो प्रश्नलाई सरल तरिकाले लिन्छन् । इस्ट बङ्गालसँगको खेलपछि उनले भने, ‘प्रत्येक खेल महत्वपूर्ण हुन्छ । हामीले जति पनि खेल खेल्यौं । सबैमा हामीलाई जित्ने दबाब थियो । मैदानमा गएपछि राम्रो प्रदर्शन गर्ने कोशिस जहिल्यै गरिरहेका हुन्छौं । फाइनलमा पनि हाम्रो प्रयास सकारात्मक नतिजाकै लागि हुनेछ ।’

इस्ट बङ्गाल १० अंकसहित समूह विजेता बन्यो । तेस्रो खेलमा नासरिनको पोस्टमा सात गोल गरेको थियो । यही नतिजापछि एक खेलअगावै एपिएफ र इस्ट बङ्गालले फाइनल समीकरणमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।
इस्ट बङ्गालविरुद्ध पाण्डेले आफ्ना प्रमुख खेलाडीद्धय रेनुका नगरकोटे र सरु लिम्बूलाई आराम दिए । यी दुई मिडफिल्डरको ठाउँमा पाण्डेले सरस्वती हमाल र हिमा रावतलाई मैदानमा उतारे । रक्षक गीता राना धेरैपछि पहिलो रोजाईमा फर्किइन् । पछि रेनुका र सरुलाई खेल सकिनै लाग्दा मैदानमा प्रवेश गराइएको थियो ।
एन्थोनीको यो अभिव्यक्तिले पनि एपिएफ साचिक्कै उपाधिको प्रबल दाबेदार हो भनेर राम्ररी बुझ्न सकिन्छ । तर, खेल जित्न गोल चाहिन्छ । एपिएफका स्ट्राइकरद्धय रश्मिकुमारी घिसिङ र मीना देउवा गोलका लागि संघर्षरत छन् ।
उता इस्ट बङ्गालले भने आफ्ना प्रमुख खेलाडीलाई आराम दिन चाहेन । लगातार दोस्रो खेलमा त्यही पहिलो रोजाईलाई मैदानमा उतार्यो । किन त ? मुख्य प्रशिक्षक एन्थोनी सामसन एन्ड्रिज भन्छन्, ‘घरेलु समर्थकको साथ रहेको एपिएफसँग भिज्नका लागि हामीले खेलाडीलाई आराम दिनुपर्छ भन्ने सोचेनौं । शनिबार हामीले यही टिमसँग फाइनल खेल्नुपर्छ । एपिएफ राष्ट्रिय खेलाडीले भरिएको टोली हो । आज खेलाडीले खेलको तीव्रतालाई बुझे । उनीहरुले राम्रो प्रदर्शन गरे ।’

एन्थोनीको यो अभिव्यक्तिले पनि एपिएफ साचिक्कै उपाधिको प्रबल दाबेदार हो भनेर राम्ररी बुझ्न सकिन्छ । तर, खेल जित्न गोल चाहिन्छ । एपिएफका स्ट्राइकरद्धय रश्मिकुमारी घिसिङ र मीना देउवा गोलका लागि संघर्षरत छन् । २७० मिनेटमा मात्र एउटा गोल निस्किएको छ । उता इस्ट बङ्गालकी स्ट्राइकर फजिला इक्वापुट लयमा छिन् । यद्यपि नासरिनविरुद्ध पाँच गोल गरेकी इक्वापुटले बुधबार अञ्जनालाई भने बिट गर्न सकिनन् । खेलमा रश्मी सुनौलो अवसरमा चुक्न पुगेकी थिइन् ।
एपिएफलाई वास्तवमै ‘प्रमिसिङ’ अट्याकिङ मिडफिल्डर सवीता रानामगरको अभाव खड्किरहेको छ । चोटका कारण सवीताले खेल गुमाउनु परेको छ । उनको स्थानमा पाण्डेले अनिता केसीलाई प्रयोग गर्दै आएको थियो ४–४–२ फर्मेशनमा खेलाइरहेका पाण्डेले बुधबार लेफ्ट ब्याक मनमाया दमाईलाई त्यो पोजिसनमा खेलाए । जसमा उनी त्यति जम्न सकिनन् ।
एसियन कपमा पुग्न नसकेको पीडामा मलम हुनेछ, यो जित । यसका लागि एपिएफसँग घरेलु समर्थकको साथ रहनेछ ।
पछि सरु मैदान प्रवेश गरिसकेपछि टोलीले ४–२–३–१ फर्मेशनमा खेल्यो । सरुले नम्बर १० को भूमिका निभाइन् । फाइनल ह्विस्सल अगाडि सरुको प्रहार गोलकिपर पान्थोइ चानुले बचाएकी थिइन् । शनिबार एपिएफ ४–२–३–१ मै उत्रिने अनुमान गर्न सकिन्छ ।

एपिएफसँग शनिबार इतिहास रच्ने अवसर छ । साफ च्याम्पियनसिपले सातौं संस्करण पार गर्दा नेपाल ६ पटक उपविजेतामा सीमित हुनुपरेको छ । भारतले मात्र नेपाललाई चार पटक फाइनलमा हराएको छ । इस्ट बङ्गाललाई हराउन सके नेपाली महिला फुटबलमा एपिएफको उपलब्धि सुनौलो अक्षरमा लेखिने छ । एसियन कपमा पुग्न नसकेको पीडामा मलम हुनेछ, यो जित । यसका लागि एपिएफसँग घरेलु समर्थकको साथ रहनेछ ।