काठमाडौँ । सिङ्गा पुरको फ्रेन्च इन्टरनेसनल फुटबल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमी दाङ्गबीच ग्रास रुट फुटबल विकासको लागि सम्झौता भएको छ ।
काठमाडौँको नक्सालमा भएको ऐतिहासिक सम्झौतामा लुम्बिनी एकेडेमीका सञ्चालक समीर ओली र फ्रेन्च इन्टरनेसनल फुटबल एकेडेमीको तर्फबाट कम्पनीकी डाइरेक्टर अस्मिता गुरुङले हस्ताक्षर गरेका हुन । कार्यक्रममा फ्रेन्चका मालिक सिङ्घापुर नागरिक डेल्भिन एस्पिको समेत उपस्थिति रहेको थियो ।
२०८० सालदेखि व्यक्तिगत लगानीमा आवासीय सुविधा सहित दाङको घोराहीमा लुम्बिनी फुटबल एकेडेमीले सञ्चालन भइरहेको छ । हाल आवसमा २९ जना खेलाडीहरू रहेका छन् । जसमा ६ जना विपन्न तथा दलित समुदायका खेलाडीहरू छन् ।
यता, सन् २०१२ देखि सिङ्घापुरमा रहेर फ्रेन्च इन्टरनेस्नल फुटबल एकेडेमीले निरन्तर रूपमा मलेसिया, इन्डोनेसिया लगायतका मुलुकमा यस्ता एकेडेमीसँग सहकार्य गर्दै आएको छ
ओलीका अनुसार फ्रेन्च एकेडेमीले लुम्बिनीलाई आर्थिक, प्राविधिकका साथ साथै व्यावसायिक रूपमा समेत सहयोग गर्नेछ । जसमा पहिलो चरणमा दाङको घोराहीमा रहेको लुम्बिनी फुटबल एकेडेमीको भौतिक स्तरोन्नति गर्ने र त्यसलाई केन्द्रीय कार्यालयका रूपमा स्थापित गर्नेछ । लगत्तै अर्को चरणमा सोही मोडिलाटी अनुरूप देशैभर प्रादेशिक रूपमा अन्य संरचना बिस्तार गर्ने उद्देश्य रहेको छ ।
