मंसिर २५, २०८२ बिहीबार | १६:०५:२८
बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक

बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्टार मिड्फिल्डर वशन्त गौचनको एकेडेमीले युवा खेलाडीका लागि तीन दिने विशेष क्याम्प चलाउने भएको छ ।

लामो समयदेखि जापानमा रहेर फुटबलकर्ममा रमिरहेका गौचनको वशन्त गौचन फुटबल एकेडेमीले जनाएअनुसार १० देखि १६ वर्षसम्मका कलिला खेलाडीलाई लक्षित गरेर पुष १० देखि १२ गतेसम्म क्याम्प सञ्चालन हुनेछ ।

क्याम्पमा प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई प्रशिक्षित गरिने एकेडेमीले जनाएको छ ।

‘फनरुट्स जापान फुटबल क्याम्प’ को नाममा हुने क्याम्प ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा चल्ने एकेडेमीले जनाएको छ ।

क्याम्पमा नेपालका युवा खेलाडीलाई नेपाली फुटबलका चर्चित स्टार गौचन र जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण प्रदान गर्ने बताइएको छ । उनीहरुलाई नेपाली महिला राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र तामाङसहित हरि लामा र सचिन श्रेष्ठले स्थानीय प्रशिक्षकका रुपमा सघाउने एकेडेमीद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

ओगुरा जापान फुटबल संघ (जेएफए)को सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन् । उनीसँग जे लिगको क्लब सोनम बेलमेरमा यु–१३ टिमको प्रशिक्षकका रुपमा तीन वर्ष काम गरेको अनुभव छ ।

सन् २०१५ यता भने ओगुरा विभिन्न स्कुल तथा एकेडेमीहरुमा सानो उमेरका खेलाडीलाई प्रशिक्षित गर्दै आएका छन् । जापानको टोकियोमा रहेको फनरुट्स फुटबल एकेडेमीमा पनि उनी आवद्ध रहेको बताइएको छ ।

एक समय नेपाली फुटबलका ढुकढुकी रहेका वसन्त गौचनले ३ वर्ष अघि आफ्नो नाममा फुटबल एकेडेमी खोलेर सानो उमेरका फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिदैं आएका छन् ।

पछिल्लो साँढे दुई दशक देखि गौचन जापानलाई कर्मथलो बनाउदै विभिन्न फुटबल प्रशिक्षणमा आवद्ध छन् । गौचनको पहलमा पछिल्लो एक दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिताको अवसर पाउँदै आएका छन् ।


भिडियो
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF