फाल्गुन २६, २०८२ मंगलबार | ०५:१३:५३
एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान

बसन्त गौचन एकेडेमीले पुषमा फुटबल क्याम्प गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्टार मिड्फिल्डर वशन्त गौचनको एकेडेमीले युवा खेलाडीका लागि तीन दिने विशेष क्याम्प चलाउने भएको छ ।

लामो समयदेखि जापानमा रहेर फुटबलकर्ममा रमिरहेका गौचनको वशन्त गौचन फुटबल एकेडेमीले जनाएअनुसार १० देखि १६ वर्षसम्मका कलिला खेलाडीलाई लक्षित गरेर पुष १० देखि १२ गतेसम्म क्याम्प सञ्चालन हुनेछ ।

क्याम्पमा प्रत्येक दिन बिहान ९ देखि ११ बजेसम्म १० देखि १२ वर्ष र दिउसो २ बजे देखि ४ बजेसम्म १३ देखि १६ वर्षका खेलाडीलाई प्रशिक्षित गरिने एकेडेमीले जनाएको छ ।

‘फनरुट्स जापान फुटबल क्याम्प’ को नाममा हुने क्याम्प ललितपुरको लगनखेलस्थित बुद्धिविकास मण्डलमा चल्ने एकेडेमीले जनाएको छ ।

क्याम्पमा नेपालका युवा खेलाडीलाई नेपाली फुटबलका चर्चित स्टार गौचन र जापानी प्रशिक्षक युता ओगुराले प्रशिक्षण प्रदान गर्ने बताइएको छ । उनीहरुलाई नेपाली महिला राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र तामाङसहित हरि लामा र सचिन श्रेष्ठले स्थानीय प्रशिक्षकका रुपमा सघाउने एकेडेमीद्धारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

ओगुरा जापान फुटबल संघ (जेएफए)को सर्टिफाइड लेभल टु इन्स्ट्रकर हुन् । उनीसँग जे लिगको क्लब सोनम बेलमेरमा यु–१३ टिमको प्रशिक्षकका रुपमा तीन वर्ष काम गरेको अनुभव छ ।

सन् २०१५ यता भने ओगुरा विभिन्न स्कुल तथा एकेडेमीहरुमा सानो उमेरका खेलाडीलाई प्रशिक्षित गर्दै आएका छन् । जापानको टोकियोमा रहेको फनरुट्स फुटबल एकेडेमीमा पनि उनी आवद्ध रहेको बताइएको छ ।

एक समय नेपाली फुटबलका ढुकढुकी रहेका वसन्त गौचनले ३ वर्ष अघि आफ्नो नाममा फुटबल एकेडेमी खोलेर सानो उमेरका फुटबल खेलाडीहरुलाई प्रशिक्षण दिदैं आएका छन् ।

पछिल्लो साँढे दुई दशक देखि गौचन जापानलाई कर्मथलो बनाउदै विभिन्न फुटबल प्रशिक्षणमा आवद्ध छन् । गौचनको पहलमा पछिल्लो एक दशक यता हरेक वर्ष नेपालका किशोर खेलाडीले एक साता जापानमा कोपा टोरेरोज प्रतियोगितामा सहभागिताको अवसर पाउँदै आएका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||