मंसिर २५, २०८२ बिहीबार | १४:५१:४२
राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने रोकिएन विदेश पलायनको लर्कोः अनिल पनि अस्ट्रेलिया प्रस्थान आर्सनलको विजयी यात्रा जारी रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं । यही पुस २५ गते हुने भनिएको राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहभागी १७ क्लब र एन्फाबीच भएको बैठकबाट विजेता टोलीले ५० लाख रुपैयाँ पाउने सहमति भएको हो ।

तीन महिनासम्म चल्ने प्रतियोगिताको उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै एन्फाले सहभागी टोलीलाई तयारीस्वरुप १३ लाख ५० हजार दिने भएको छ । बैठकको सहमति अनुसार एन्फाले उक्त रकम पुस १४ भित्र दिइसक्नुपर्नेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ ।

एन्फाले यसका लागि सोमबारसम्म टिम दर्ता फारम खुला गरेको थियो ।
 


भिडियो
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||