काठमाडौं । इङ्लिस क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार छैटौं खेलसम्म पनि कायम राखेको । बुधबार सम्पन्न खेलमा आर्सनलले बेल्जियमको क्लब ब्रुगविरुद्ध ३-० को सहज जित निकाल्यो ।
जान ब्रेडेल रंगशालामा पाहुना टोली आर्सनललाई जित दिलाउन नोनी मेडुकेले दुई र गाब्रियल मार्टिनेलीले एक गोल गरे ।
खेलको २५औं मिनेटमा मेडुकेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुआतमै उनैले टोलीको अग्रता दोब्बर बनाए । मार्टिनेलीले ५६औं मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरे ।
बुधबारै सम्पन्न अन्य खेलमा बेन्फिाका नापोली तथा युभेन्टसले पाफोसलाई २-०, आयक्सले काराबागलाई ४-२, कोपनहेगनले भियारियाललाई ३-२र म्यानचेस्टर सिटीले रियाल मड्रिडलाई २-१ ले पराजित गरे । यसैगरी लेभरकुसन न्युक्यासल युनाइटेड तथा बोरुसिया डर्टमन्ड बोडो/गिल्मटसँग २-२ र पेरिस सेन्ट जर्मेन(पीएसजी) एथलेटिक क्लब बिल्बाओसँग गोलरहित बराबरीमा रोकिए ।
