मंसिर २५, २०८२ बिहीबार | ०८:२१:२८
रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? रियाल मड्रिड घरेलु मैदानमै पराजित क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध विश्व बक्सिङमा चन्द्रको कांस्य पक्का, एक करोड बढी पुरस्कार पक्का लुम्बिनी क्वालिफायर २ मा, काठमाडौं बाहिरियो एनपिएलमा रोहितको पाँच सय रन पूरा काठमाडौं सस्तैमा अलआउट, दोस्रो क्वालिफायरमा स्थान बनाउन लुम्बिनीलाई ११२ रन आवश्यक काठमाडौंको ब्याटिङ संकटमा इन्टर मिलानविरुद्ध लिभरपुलको कठिन जित बार्सिलोनाको पुनरागमन जितमा कुन्डेको दुई गोल राष्ट्रिय लिग विजेताको पुरस्कार कति ?

क्यानले बढायो एक्कासी टिकट मुल्य, समर्थकले गरे विरोध

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मुल्य एक्कासी बढाएको छ ।

एनपिएलको दोस्रो क्वालिफायर्सलाई क्यानले टिकट मुल्य दोब्बरले बढाएपछि समर्थकले सामाजिक संजालमै विरोध गरेका छन् । धेरैले क्यानको यो निर्णयलाई असन्तुष्टिमात्रै जनाएका छैनन् । समर्थकलाई धोका दिएको समेत आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा एक समर्थक आवाज उठाउँछन्, ‘हामी नेपाल क्रिकेटको लागि २ हजार तिर्न नसक्ने हैन, ५ हजार तिर्न पनि तयार छौ । तर, एक्कासी यस्ता कृयाकलाप गर्याे भने भोली नेपाली क्रिकेटले फ्यानबेश गुमाउँछ ।’

आधिकारिक विक्रेता खल्तीको साइटमा देखिएको टिकट मुल्य । 

क्यानले क्वालिफायर्स २ को लागि यसअघि १ हजार तोकिएको सिद्धार्थ बैंक जोन, रेडबुल जोन र एनसेल जोनलाई अप्रत्यासित रुपमा २ हजार मुल्य तोकेको छ । त्यस्तै, जोन १, जोन २ र जोन ३ को भने एक हजार नै यथावत छ ।

टिकट विक्रीको जिम्मेवारी पाएको खल्तीले पनि यही निर्धारण सार्वजनिक गरेको छ । यसअघि खोलेको केही घण्टामै टिकट सोल्ड आउट हुने गरेपनि १२ घण्टासम्म बढाएको जोनको टिकट अझै पूर्ण विक्री भएको छैन ।

यी ६ जोनको टिकट मुल्य यसअघि नै १ हजार तोकिएको थियो । तर, क्वालिफायर्स १ र इलिमिनेटरमा टिकट मुल्य नबढाएको क्यानले एक्कासी दोस्रो क्वालिफायर्समा टिकट मुल्य बढायो ।

त्यसअघि क्यानले पूर्वतर्फ रहेको जोनलाई प्रिमियम नै तोकेको थियो । त्यो जोनको मात्रै प्लेअफलाई २ हजार मुल्य तोकिएको थियो ।

लिग चरणका खेलमा भने प्रिमियर जोनको १ हजार तथा अन्य जोनको टिकट मुल्य मात्र ५ सय मात्रै राखिएको थियो । तर, टिकट माग बढी भएपछि क्यानले एक्कासी टिकट मुल्य बढाएको हो । जसको सामाजिक संञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

टिकट दोब्बरले बृद्धि भएपछि क्रिकेट समर्थक कुन्दन श्रेष्ठले सामाजिक सञ्जालमा ब्यक्त गरेको असन्तुष्टि । 

सामाजिक संजालमा कुन्दन श्रेष्ठ लेख्छन्, ‘क्यानले एनपिएलका टिकटहरु अचान मुल्य बृद्धि गर्नु पूर्णरुपमा अस्विकार्य छ । यसमा सरकारको तत्कान ध्यानाकर्षण होस्,’ उनले लेखेका छन्, ‘यदि यस्तो गैरजिम्मेवार व्यवहार यथावत रह्यो भने पूर्ण रुपमा एनपिएललाई बहिस्कार गर्न बाध्य हुनेछु ।’

क्यानले यसअघि नै टिकटबाट १२ करोडसम्म आम्दानी गर्ने योजना सुनाएको थियो ।

दोस्रो क्वालिफायर्समा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले मंसिर २७ गते हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामाना गर्नेछ । 

क्यानले प्रतियोगिता अघि नै सार्वजनिक गरेको टिकट मुल्य । 


 


भिडियो
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||