काठमाडौं । जुलेस कुन्डको उत्कृष्ट प्रदर्शनप्रेरित बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा मंगलबार फ्याङ्कफर्टविरुद्ध २-१ को पुनारागमन जित दर्ता गरेको छ ।
जितसँगै ६ खेलमा १० अंक जोडेको बार्सिलोना १४औं स्थानममा छ । पराजित फ्याङ्कफर्ट समान खेलबाट चार अंकका साथ ३०औं स्थानमा छ ।
क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन दुवै गोल कुन्डेले गरे । अन्सगर नउफले गोल गरे ।
खेलको २१औं मिनेटमा नउफले गोल गर्दै फ्याङ्कफर्टलाई अग्रता लिएका थिए । उनले नथानिएल ब्राउनको पासलाई पोस्टको दिशा दिए । तर टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।
कुन्डले ५०औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले मार्कस रासफोर्डको पासलाई जाली चुमाए ।
तीन मिनेटपछि नै कुन्डेले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाए । यस पटक लामिन यामलले गोलको अवसर सिर्जना गरेका थिए ।
