काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा मंगलबार छैटौं चरणका कूल ९ खेल हुँदैछन् । जसमा लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत शीर्ष क्लबहरु मैदानमा उत्रिँदैछन् ।
इङ्लिस क्लब लिभरपुल र इटालियन इन्टर मिलानबीचको खेल हेर्नलायकमध्ये एक हो । लिभरपुल अहिले खराब लयबाट गुज्रिरहेको छ । जसको फाइदा इन्टरलाई मिल्न सक्छ । जहाँ लिभरपुल ९ अंकका साथ तालिकाको १३औं स्थानमा छ । इन्टर १२ अंकका साथ चौथो स्थानमा छ ।
त्यस्तै बार्सिलोनाले फ्र्यान्कफर्टको सामना गर्दा एट्लान्टाले चेल्सीको आतिथ्यता गर्नेछ । मोनाको र गालातासाराई आमने–सामने हुँदा पिएसभी इन्डोभेन र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी एट्लान्टा र चेल्सीले एकअर्कासँग खेल्नेछन् ।
इङ्लिस क्लब टोटनहम हटस्पर्शले चेक रिपब्लिकको स्लाभिया प्रागको आतिथ्यता गर्नेछ । अनि युनियन सेन्ट गिलोइस र मार्सेको खेल पनि आजै हुनेछ । यी सात खेल मध्यराति १ः४५ बजे हुनेछ ।
त्यसअघि कैरात अलमाती र ओलम्पियाकसको खेल राति ९ः१५ अनि बार्यन म्युनिख र स्पोर्टिङ लिस्बनको खेल ११ः३० बजे हुनेछ ।
